Home » » देउवा भन्छन: मधेशवादी दलको माग जायज छ

देउवा भन्छन: मधेशवादी दलको माग जायज छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


२८ असार, काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले
संविधान जारी गर्नुपहिले प्रदेशको नामांकन र
सीमांकनको विवाद् टुंग्याउनुपर्ने मधेशवादी दलको
माग जायज भएको बताएका छन ।
पार्टीको भातृ संगठन नेपाल दलित संघले सोमबार
ललितपुरमा गरेको कार्यक्रममा काँग्रेसका वरिष्ठ
नेता देउवाले अन्तरिम संविधानमा नै प्रदेशको
नामांकन र सीमांकन
संविधानसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था
रहेकाले संविधान जारी गर्नुपहिले संघीयताका
विवाद् टुंग्याउनुपर्ने माग जायज भएको बताए । उनले
नामांकन र सीमांकनको विवाद् संविधान जारी
गर्नुपहिले नै टुंग्याउन पहल गरिनुपर्ने र विवाद थाँती
रहे ती विषयमा सहमति नहुञ्जेल संविधानसभालाई
कायम राख्नुपर्ने बताए ।
काँग्रेसका वरिष्ठ नेता देउवाले संविधानको
प्रारम्भिक मस्यौदामा कमजोरीहरु रहेको स्वीकार
गर्दै सुझावका आधारमा परिमार्जन हुने बताए ।
कार्यक्रममै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह
केसीले पार्टीलाई नीतिमुखी नभइ नेता र
नातामुखी बनाइ इतिहासमै कमजोर तुल्याइएको
बताए । उनले लामो संघर्ष गरेका नेता तथा
कार्यकर्तालाई पाखा लगाएर शक्तिको वरपर
घुम्नेहरुलाई पुरस्कृत गरेको, वर्षौंदेखि भातृ संस्थाहरुको
निर्वाचन नगरेको, पार्टीलाई संस्थागत रुपमा
संचालन नगरेको भन्दै पार्टी नेतृत्वको चर्को
आलोचना गरे ।
काँग्रेस नेता केसीले नीति निर्माण तहमा उपेक्षित
र उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित
गर्न नयाँ संविधानमा जनसंख्याको आधारमा
समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने र
त्यसका लागि सरोकारवाला समूहले दलहरुलाई
निरन्तर दवाब दिनुपर्ने बताए । कार्यक्रममा नेपाल
दलित संघले दलितहरुको शिक्षाका लागि योगदान
गरेको भन्दै सभासद् उमेश श्रेष्ठलाई सम्मान गरेको
थियो । संघले आफ्ना कार्यकर्ताहरुको क्षमता
अभिवृद्धिका लागि गरेको राष्ट्रिय प्रशिक्षण
कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved