भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सुरुङ्गा (झापा)- इलाका प्रहरी कार्यालय विर्तामोड झापाले यौन व्यवसायमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित छजनालाई पक्राउ गरेको छ।
सिक्किम होटलका सञ्चालक सन्तोष गजमेरसहित ६ जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत नेतृत्वको प्रहरीको टोलीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु युनिक र सिक्किम होटलमा आपत्तिजनक अवस्थामा भेटिएका थिए।केही दिनदेखि चितवन, काठमाडौँ, धरान र पोखराबाट ती होटलमा २०/२२ वर्षका केटी राखेर गजमेरले यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर आवश्यक अनुसन्धान सुरु राउतले जनाए। रासस

0 comments:
Post a Comment