Home » » नेपालका भूकम्प पीडितलाई सघाउन अमेरिकी राष्ट्रपति ओबामाले पठाए प्रधानमन्त्रीलाई यस्तो सन्देश....

नेपालका भूकम्प पीडितलाई सघाउन अमेरिकी राष्ट्रपति ओबामाले पठाए प्रधानमन्त्रीलाई यस्तो सन्देश....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, १ जेठ– अमेरिकी राष्ट्रपति
बाराक ओबामाले नेपालमा उत्पन्न
प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा
राहत र पुनःस्थापनाका लागि आवश्यक
सहयोग गर्न तयार रहेको सन्देश दिएका छन् ।
मध्य तथा दक्षिण एसियाका लागि
अमेरिकी सहायकमन्त्री निशा विश्वाल
देसाइँले शुक्रबार प्रधानमन्त्री सुशील
कोइरालासँग भेटी सो सन्देश सुनाएका हुन् ।
भेटपछि प्रधानन्त्रीका परराष्ट्र मामिला
सल्लाहकार डा। दिनेश भट्टराईले
पत्रकारहरुलाई सहायकमन्त्री देसाइँले
दुःखको अवस्थामा नेपालको
प्राथमिकतामा रहेर राहत, पुनःस्थापना र
पुनःनिर्माणका लागि सहयोग गर्न तयार
रहेको बताएको जानकारी दिए ।
देसाइँले अबको निर्माणलाई कसरी बलियो
बनाउने भन्नेबारेमा आफूसँग भएका अनुभवका
आधारमा सहयोग गर्ने र यस काममा
नेपाललाई सफलता मिलोस् भनी कामना
गरेका थिए ।
सो अवसरमा तीन दिनदेखि हराइरहेको
अमेरिकी हेलिकोप्टरको खोजीका
विषयमा पनि कुराकानी भएको र
खोजीका लागि भएका सबै प्रयासका
बारेमा अवगत गराइएको थियो ।
भेटमा नेपालका लागि अमेरिकी राजदूत
पिटर डब्लु बोडी पनि उपस्थित थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved