Home » » अब पर्दामा ओबामा दम्पतीको रोमान्स

अब पर्दामा ओबामा दम्पतीको रोमान्स

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी, ७ पुस– अमेरिकी राष्ट्रपति बाराक ओबामा र पत्नी मिसेल ओबामाको जीवनीमा आधारित चलचित्र निर्माण हुने भएको छ । चलचित्रमा उनीहरुको प्रेमप्रसंग, रोमान्स, विवाह र राष्ट्रपति बन्दासम्मको यात्रालाई समेटिने बताइएको छ ।

होमग्राउन्ड प्रोडक्सन हाउस नामक निर्माण कम्पनीले बनाउन लागेको यस चलचित्रलाई ‘साउथ साइड विद यु’ नाम दिइएको छ । ओबामा दम्पतीको जीवनका महत्त्वपूर्ण घटनालाई चलचित्रले चित्रण गरिने बताएको छ ।

सन् २०१५ को जुनदेखि अमेरिकाको सिकागोमा छायांकन गरिने चलचित्रमा मिसेलको भूमिकामा नायिका टीका सुमन्टर अनुबन्धित भएकी छन् भने ओबामाको भूमिकाका लागि नायकको खोजी भइरहेको बताइएको छ ।

बाराक र मिसेल सन् १९८१ मा पहिलोपटक भेटेका थिए । तीन वर्ष लामो प्रेमलाई साकार बनाउँदै विवाह गरेका उनीहरुका दुई छोराछोरी छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved