Home » » ​शनिबार बिहानै चारवटा पराकम्पन.......

​शनिबार बिहानै चारवटा पराकम्पन.......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

earthquake in nepalको लागि तस्बिर परिणाम

काठमाडौं, जेठ २ - आज बिहान भूकम्पको ४ वटा पराकम्पन गएका छन् । बिहान ६ बजेर ३१ मिनेटमा गोरखा र धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान ६  बजेर ११ मिनेटमा नुवाकोट केन्द्रबिन्दु भएर ४ रेक्टर स्केल कै पराकम्प गएको छ । त्यसअघि ४ बजेर २८ र ४ बजेर ३८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
यसैगरी २ बजेर १५ मिनेटमा पनि गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । योसँगै आजैमात्र ५ वटा पराकम्पन गैसकेका छन् । केन्द्रका प्रमुख अधिकारीले यस्ता पराकम्पन अझै आउने संभावना भएकाले धेरै नडराउन र सतर्क हुन सबैलाई आग्रह गर्नु भएको छ । उहाँले कहिले, कहाँ र कतिबेला भूकम्प जान्छ भन्ने थाहा नभएकाले सतर्क रहन र हल्लाको पछि नलाग्न सबैलाई आग्रह पनि गर्नुभयो । 

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved