Home » » १९ दिनपछि प्रहरीले भिरबाट शव निकाल्यो....

१९ दिनपछि प्रहरीले भिरबाट शव निकाल्यो....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप–३
बाट प्रहरीले १९ दिनपछि आज एक पुरुषको शव
निकालेको छ ।
गत वैशाख १२ गतेको भूकम्पमा मृत्यु भएका
थाङ्पालधाप–५ का ५६ वर्षीय शिक्षक
सुखाराम भनिने रामविक्रम कर्मचार्यको शव आज
भिरबाट निकालेको प्रहरीले जनाएको छ ।
गत वैशाख १२ गतेको भूकम्पमा परी मृत्यु भएका
उनको शव जलाउन आफन्तले १३ गते दिउँसो १ बजे
लाँदै गर्दा सोही दिन आएको भूकम्पका कारण
आफन्तले शव छोडेर भागेका थिए । शव खसेर करिब
२०० मिटर तल भिरको रुखमा गएर अड्किएको
थियो ।
अल्जेरियाबाट आएका उद्धार टोलीले समेत शव
निकाल्न नसकेपछि आज प्रहरी सहायक निरीक्षक
चिरञ्जीवी आचार्यको नेतृत्वमा गएको प्रहरी
टोलीले शव निकालेर आफन्तलाई जिम्मा
लगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका
प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले
बताउनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved