भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
रौतहट—रौतहटको रङ्गपुर गाविसमा आज भएको
सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु
भएको छ।
रङ्गपुर गाविस वडा नं ९ मनहर्वामा प्रतापपुर
पल्टुवाबाट आउँदै गरेको ना २५ प १४३० नम्बरको
मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ना
५ ख ४५०५ नम्बरको ट्रकले ठक्कर दिँदा लक्ष्मिपुर
गाविस–९ वस्ने १७ वर्षीय इसु महमद मन्सुरीको
घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय
चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरीले ट्रक चालक चन्द्रपुर नगरपालिका–६ जुडिबेला
घर भएका राजु परियारलाई नियन्त्रणमा लिएको छ।
साथै, प्रहरीले क्षतिग्रस्त बनेको मोटरसाइकल तथा
ट्रकलाई पनि नियन्त्रणमा लिएको छ। मृतकको शव
परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा
राखिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले
जनाएको छ । रासस
0 comments:
Post a Comment