भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, जेठ १ –वैशाख १२ गतेको भूकम्पबाट
सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लामा
सरकारको समेत राहत नपुगेका बेलामा राहतका
नाममा चामलको बोराभित्र बाइबल राखेर
पीडितलाई बाँडिएको सिन्धुपाल्चोकका
भूकम्पपीडित स्थानीयवासीले जानकारी दिएका
छन् ।
“धर्म परिवर्तन गरेर क्रिश्चियन बनेमा भत्केको कच्ची
घरलाई निःशुल्करुपमा पक्की बनाइदिने प्रस्ताव आउन
थालेको छ, यस्तो प्रस्ताव राख्ने समूह भूकम्पपछि
पटकपटक गाउँगाउँ घुमेको छ ” – धर्म परिवर्तनको
प्रस्ताव आएको सुनाउँदै सिन्धुपाल्चोक जिल्लाको
मध्यभेगस्थित बाडेगाउँ गाविसका कुलप्रसाद
कोइरालाले टेलिफोन सम्पर्कमा भने ।
दुई वर्षअघिसम्म काठमाडौँका होटेलमा मजदूरी गरी
जीवनयापन गर्ने समुदायका मानिस एकाएक लाखौँ
रुपैयाँको राहतका साथमा गाउँमा आइरहेका
फटकशिला गाविसका श्यामकाजी श्रेष्ठले बताए ।
धर्म निरपेक्ष घोषणा गरिए पनि २०६३ माघ १ गते
जारी भएको नेपालको अन्तरिम संविधानको धारा
२३ मा कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने
व्यवस्था गरेको छ । त्यस धारामा भनिएको छ–
‘कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक
अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम व्यवहार
गर्न पाइने छैन’ भन्ने वाक्यांश उल्लेख भएको छ ।
बाह्रबिसेका स्थानीयवासी चेतमणि न्यौपानेले भने
– “हिन्दू र बौद्ध धर्मावलम्बी गरी ९७ प्रतिशतभन्दा
बढी जनसङ्ख्या रहेको जिल्लामा आर्थिक प्रभाव र
लोभलालचकै आधारमा धर्म परिवर्तन गराउने काम
नरोकेमा सहेर बस्दैनौँ, हामी सहनशील छौँ, धर्म
निरपेक्षता स्वीकारेका छौँ, तर यसलाई धर्म
परिवर्तन गराउने लाइसेन्सका रुपमा प्रयोग गरिए
जस्तोसुकै कदम चाल्न तयार छौँ ।”
जिल्लाको दुर्गम र ऐतिहासिक धार्मिक गाविस
गुम्बामा गरिबीको रेखामुनि रहेका स्थानीय बौद्ध
धर्मावलम्बीलाई लोभलालचमा पारी धर्म परिवर्तन
गराउने क्रम भूकम्पबाट राष्ट्र शोकमा डुबेको अहिलेको
बेलामा धेरै बढेको गुम्बा गाविसका स्थानीय लामा
धर्म गुरु ग्याल्जेन लामाले प्रतिक्रियामा बताए ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी
सूर्यप्रसाद उपाध्याय संवेदनशील अवस्थामा संविधान
र कानुनविपरीत कसैले धर्म परिवर्तन गराउने उद्देश्यले
कुनै काम गरेमा कानुनी कारबाहीको दायरामा
ल्याइने बताए ।
“भूकम्पबाट घरबार गुमाएकालाई राहत प्रदान गर्न
प्रशासन अथक प्रयासमा जुटिरहेका बेलामा मानवीय
संवेदनालाई समेत ध्यानमा नराखी यस्ता गतिविधि
सञ्चालन गर्ने छुट कसैलाई छैन” – उनले भने ।
यस सम्बन्धमा क्रिश्चियन महासङ्घका महासचिव
सिबी गहतराजसँग प्रतिक्रियाका लागि पटकपटक
सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
0 comments:
Post a Comment