Home » » महिलाले दिइन् ‘प्लाष्टिक बेबी’ को जन्म, डाक्टरसमेत चकित

महिलाले दिइन् ‘प्लाष्टिक बेबी’ को जन्म, डाक्टरसमेत चकित

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१ जेठ
पञ्जाबको अमृतसर जिल्लामा एक महिला यस्ती
बालिकाको जन्म दिएकी छिन् जसको पूरै शरिर
प्लाष्टिकले बनेको छ । बालिकाको यो रुप देखेर
उनका आफन्तसहित डाक्टरसमेत चकित भएका छन् ।
डाक्टरका अनुसार ती बालिकालाई अचम्मको चर्म
रोग लागेको छ जसको उपचार चाँडोभन्दा चाँडो
गर्न आवश्यक छ ।
डाक्टरका अनुसार ती बालिकाको प्रतिक्रिया
पनि केहि भिन्न किसिमको छ । बालिकालाई कसैले
छोएमा उनी निकै चिच्याएर रुने गर्छिन् भने उनको
मुख सधैँ खुल्ला रहने गर्दछ जसका कारण न उनी केहि
खान सक्छिन् न त पिउन नै ।
याहु न्युजका अनुसार अमृतसरको गुरु नानक देभ मेडिकल
कलेज एण्ड हस्पिटलले गत शुक्रबार ती बालिकाको
उपचार गरेको थियो ।
स्थानीय मानिसहरु बालिकालाई देखेर विभिन्न
प्रकारको अन्धविश्वासको कुराहरु गरिरहेका छन् भने
अर्कोतर्फ डाक्टरहरुको भनाई अनुसार बालिकालाई
कोलोडिओन रोग लागेको छ । डाक्टरका अनुसार
यो रोग लागेको मानिसहरुको छाला शरिरबाट
प्रत्येक तीन–चार हप्तामा आफै निस्कने गर्दछ । यो
क्रममा शरिरको छाला फुट्ने गर्दछ जुन निकै
पिडादायी हुने गर्दछ । उनलाई ड्रपमार्फत पानी र
दुध खुवाइँदै आएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved