Home » » ‘पाल होइन, अस्थायी बासस्थान देऊ’

‘पाल होइन, अस्थायी बासस्थान देऊ’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वर्षात् सुरु हुन लागेकाले अस्थायी बासस्थानको
व्यवस्था गरिदिन बुङ्मतीका भूकम्पपीडितले बताएका
छन् ।
विनाशकारी भूकम्पबाट घरलाई ध्वस्त बनाएपछि
पालमुनि बस्दै आउनुभएका स्थानीय भूकम्पपीडित
प्रतापरत्न शाक्यले छिटो अस्थायी बासस्थानको
आवश्यक भएको बताउँदै भन्नुभयो–“ बस्नका लागि
पालको व्यवस्था भए पनि त्यसले वर्षात्मा धान्न
सकिँदैन ।”
उहाँले यहाँका पीडितले राहतका नाममा खाद्यान्न,
पाललगायत अन्य सामग्री पाउन सके पनि बस्नकै
लागि भने सबौन चिन्ता रहेको सुनाउनुुभयो ।
बस्नयोग्य केही घर सुरक्षित भए पनि भूकम्पको
पराकम्पन बारम्बार आइरहेकाले उनीहरुसमेत पालमुनि नै
बसेर दैनिक गुजारा चलाइरहेका छन् ।
अर्का पीडित वीरदेव सिंहले पनि यस्तै गुनासो
गर्नुभयो । विनाशकारी भूकम्प र त्यसपछिका
ससाना पराकम्पनले पूर्ण रुपमा घरलाई क्षति
बनाएकाले पालमा बस्नाको विकल्प नभएको गुनासो
गर्नुभयो । उहाँले बस्नका लागि अस्थायी
बासस्थानसँगै सार्वजनिक शौचालयको पनि आवश्यक
भएको गुनासो गर्नुभयो । भूकम्पले घर ध्वस्त बनाएकाले
शौचालय जान समस्या छ । उहाँले भूकम्पपीडितका
लागि दीर्घकालीन समस्याको समाधान
गरिनुपर्नेमा जोड दिनुभयो ।
वर्षात् हुनुपूर्व नै अस्थायी बासस्थानको व्यवस्था
गर्न नसकिएमा यहाँका पीडितले ठूलो समस्या
भोग्नुपर्ने निश्चित छ–उहाँले भन्नुभयोे,“ पालको
सट्टा बरु जस्तापाता पाइएमा अस्थायी बासस्थान
आफैँले बनाउन सकिन्छ”
सोही क्षेत्रमा बसोबास गर्ने भूकम्पपीडित सञ्जय
महर्जनले आफ्नो पीडालाई यसरी सुनाउनुभयो,
“विनाशकारी भूकम्पले भएका घरलाई माटोमा
मिलाइदियो, अब बस्नकै लागि समस्या झेल्नुको
विकल्प छैन ।” यस क्षेत्रमा रहेका अधिकांश घरलाई
पूर्णरुपमा क्षति गराएकाले सबै स्थानीयवासी
पालमुनि नै बसेर गुजारा चलाइरहेका छन् ।
पालमुनिको बसाइले थुप्रै समस्या हुँदाहुँदै त्यसमाथि
पानीको समस्या बढ्दै गएको छ ।
विसं २०६८ को जनगणनाअनुसार यस क्षेत्रमा एक हजार
३०४ घरधुरी छन् । यहाँ दुई हजार ९८१ पुरुष र दुई हजार
९८५ महिला छन् । यहाँ करिब ८०० घर विनाशकारी
भूकम्पपले पूर्णरुपमा ध्वस्त बनाइदिएको छ भने अन्य
आंशिक रुपमा क्षति भएका छन् ।
यही वैशाख १२ गते गएको शक्तिशाली भूकम्पका
कारण जिल्लाभरि १८० जनाले ज्यान गुमाउनुपरेको
जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी
हालसम्म करिब दुई हजार ८०० जना घाइते भएकामा
अधिकांश उपचारपछि फर्किसकेको कार्यालयले
बताएको छ ।
उक्त भूकम्पबाट २२ हजार ११९ घरधुरीमा क्षति पु
¥याइएको प्रारम्भिक अनुमान गरिएको छ । यसबाहेक
३०४ सरकारी भवनमा क्षति पु¥याएको जनाइएको छ
। यसैगरी भूकम्पकै कारण छ हजार ५०० चौपाया मरेका
छन् । भूकम्पपीडितका लागि जिल्ला प्रशासन
कार्यालयले प्रभावकारी रुपमा राहत वितरण
गरिरहेको प्रजिअ यादवप्रसाद कोइरालाले
बताउनुभयो । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved