भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१२ साउन, काठमाडौं ।
अमेरिकाले नेपाल बाध्यात्मक श्रम तथा यौन
व्यापारका लागि मानव तस्करीको मुख्य स्रोत
तथा गन्तव्य भएको उल्लेख गरेको छ ।
अमेरिकी विदेशमन्त्री जोन केरीले अमेरिकामा
सोमबार साँझ (नेपाली समयअनुसार) सार्वजनिक
गरेको ‘ट्राफिकिङ इन पर्सन्स २०१५’ प्रतिवेदनको
नेपाल खण्डमा महिला तथा बालबालिकाहरु
नेपालभित्रै, अमेरिका , भारत, मध्यपूर्वी मुलुक,
एसियाली र अफ्रिकी मुलुकमा अवैध योन
व्यापारमा रहेको उल्लेख छ ।
‘नेपाली पुरुष , महिला, बालबालिकाहरु ती देशहरुमा
निर्माण कम्पनी, उद्योगहरु, खानीहरु, घरेलू काममा ,
भिखारीका रुपमा र युवाहरु मनोरन्जन गर्ने
उद्योगहरुमा बाध्यात्मक श्रममा फसिरहेको देखिन्छ’
प्रतिवेदनमा छ,‘बाध्यात्मक श्रमका अधिकांश यस्ता
घटनाहरु नेपालका म्यानपावर एजेन्सीहरुको
मिलेमतोमा हुने गर्छ जुन एजेन्सीहरुले कामदारसँग
गैरकानुनी रुपमा चर्को शुल्क असुल्छन् ।’
विशेषगरी छिमेकी भारतको बाटो हुँदै आफैं या
दललाको विश्वासमा परेर गैरकानुनी रुपमा अर्को
मुलुक प्रवेश गर्ने आप्रवासी नेपाली कामदारहरु
बाध्यात्मक श्रमको सिकारमा परिरहेको
प्रतिवेदनमा उल्लेख छ । आजको अन्नपूर्ण पोस्टमा खबर
छ ।
0 comments:
Post a Comment