Home » » आँखीभौंले बताउछ नारीको स्वभाब.....

आँखीभौंले बताउछ नारीको स्वभाब.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सामुद्रिकशास्त्रमा बर्णन भए अनुसार कुनै पनि
स्त्रीको स्वभाव उसको आँखीभौंबाट पनि थाहा
हुन्छ । कुनै पनि स्त्रीको वास्तविक स्वभाव उसको
आँखीभौंले थाहा दिने शास्त्रकारको दावी छ ।
आँखीभौंकै आधारमा स्त्रीसँग नजिक हुने कि नहुने
निर्णय गर्न सकिने यो सजिलो माध्यम पनि हो ।
आउनोस् बिबेचना गरौ आखि भौ अनुसारको
स्वभावको बारेमा
– जुन स्त्रीका आँखीभौं चन्द्रमा जस्तै समान
आकारका हुन्छन् र छुट्टिएर टाढा टाढा हुन्छन् त्यस्ता
स्त्री भाग्यमानी हुन्छन,घर परिवार र समाजमा
सम्मान प्राप्त हुन्छ,यस्ता स्त्रीलाई जीवनमा धनको
दुख पनि हुँदैन पतिलाई पनि प्रेम र सम्मान गर्छन् ।
– जुन स्त्रीका आँखीभौं अत्याधिक बाक्ला हुन्छन्
यस्ता महिला क्रोधी अर्थात रिसाहा हुन्छन्,यस्ता
महिलामा धनप्रति अत्याधिक लोभ हुन्छ, धनका
लागि उनीहरु जे गर्न पनि तयार हुन्छन, धनी भएपछि
यिनीहरु घमण्डी हुन्छन् ।
– जुन स्त्रीका आँखीभौं तल झुकेका र टेडा मेडा हुन्छन्
त्यस्ता स्त्रीले जीवनमा धेरै दुःख पाउँछन्,यिनीहरुमा
यौन चाहना पनि अत्याधिक हुन्छ,यिनीहरुले
जीवनमा धेरै दुख पनि पाउँछन् ।
– जुन स्त्रीको आँखीभौंको बिचमा खाली स्थान
हुन्छ त्यस्ता स्त्री स्पष्ट बोल्ने र सफा दिलका हुन्छन्
,उनीहरु कुरा चपाएर बोल्दैनन्, आवश्यक परेका
मान्छेलाई सहयोग पनि गर्छन् तर अफसोच धेरै परिश्रम
गर्दा पनि यिनीहरुको दाम्पत्य जीवनमा भने खटपट
भैरहन्छ ।
– जुन स्त्रीको आँखीभौं धनुष आकारको हुन्छ यस्ता
स्त्री धनी र कलात्मक हुन्छ,यस्ता स्त्रीलाई कलामा
विशेष चासो हुन्छ,जीवनमा छुट्टै आदर्श राख्ने यस्ता
स्त्री आर्थिकरुपमा पनि सम्पन्न नै हुन्छन् ।
– जुन स्त्रीको आँखीभौं आपसमा जोडिएका हुन्छन्
त्यस्ता स्त्री चतुर र हुन्छन्,यस्ता स्त्रीले कुनै पनि
काम गर्दा कुशलतापूर्वक पुरा गर्छन्, यिनीहरुको
जीवनसाथीसँगको सम्बन्ध पनि प्रेमपूर्ण हुन्छ,रिसले
आफैलाई घात पनि गर्छ ।
अहिले बिभिन्न किसिमले परिमार्जित गरिएका
आखिभौको सवालमा यो नियम लागु नहुन पनि सक्छ

- ज्योतिषाचार्य पं.बासुदेब अधिकारी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved