भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने
ग्याससहित सबै पेट्रोलियम पदार्थको मुल्य घटाएको
छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य
प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाएर एक हजार चार सय
३५ मा झारेको छ । ग्यासको मुल्य पहिलोपटक
घटाइएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, ग्यास, हवाई इन्धन
सबैको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र
मटितेल तीनवटैमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा
घटाएको छ। घटाएपछि पेट्रोलको नयाँं मूल्य
प्रतिलिटर एक सय ६ रुपैयाँं ५० पैसा कायम भएको छ।
साथै डिजेल र मटितेलको नयाँ मूल्य प्रतिलिटर ८४
रुपैयाँ कायम भएको छ ।
0 comments:
Post a Comment