Home » » झापामा छतबाट खसेर वृद्धाको मुत्यु.. ...

झापामा छतबाट खसेर वृद्धाको मुत्यु.. ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भद्रपुर । झापाको भद्रपुरमा शनिवार बेलुका एक
वृद्धाकोे छतबाट खसेर मुत्यु भएको छ । भद्रपुर
नगरपालिका ६ बस्ने ७९ बर्षिय कमला कपुरीको
छतबाट खसेर मुत्यु भएको वडा प्रहरी कार्यालय
भद्रपुरले जनाएको छ ।
आफ्नै दुई तल्ले घरको छतबाट खसेर कपुरीको ओम
साई पाथिभरा हस्पिटल भद्रपुरमा उपचारको
क्रममा मुत्यु भएको प्रहरी निरीक्षक
राकेशकुमार पोदारले जानकारी दिए ।
मृतकको परिवारलाई उद्धत गर्दै प्रहरी
निरीक्षक पोदारले भने– वृद्धा कपुरी पहिले
देखि नै विरामी रहेको र छतमा गएको बेला
रिगटा लागेर खसेको हुन सक्ने आशंका गरिएको
छ । कपुरीको शवलाई मेची अञ्चल अस्पताल
भद्रपुरमा पोष्टमार्टम पश्चात परिवारजनलाई
प्रहरीले जिम्मा लगाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved