भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
रौतहट : रौतहटमा एक १० वर्षीया वालिका
बलात्कृत भएकी छिन् । उखुबारीमा घाँस काट्न
गएकी बालिकालाई बलात्कार गरेर छाडिएपछि
उनी अर्धचेत अवस्थामा भेटिएकी हुन् ।
पतौरा गाविस–६ का १७ वर्षीय राधेश्याम पटेलले
शुक्रबार साँझ गाउँनजिकै उखुबारीमा घाँस काट्न
गएकी १० वर्षीया बालिकालाई बलत्कार गरी
फरार भएको इलाका प्रहरी कार्यालय गरुडाले
जनाएको छ ।
साँझ अबेलासम्म घर नआएपछि अभिभावकहरुले खोजी
गर्दा उखुबारीमा अर्धचेत अवस्थामा फेला पारेका
थिए । बालिकालाई गाउँमा सामान्य उपचार गरी
थप उपचारको लागी वीरगञ्ज लगिएको छ ।
बालिकाको अवस्था गम्भीर रहेकाले उपचारको
लागि बिरगज पठाइएको प्रहरीले जनाएको छ ।
एक साताअघि पनि बिश्रामपुर गाविस–९ घर भएका
१६ वर्षीय मनोज रामले गाउँनजिकैको उखुबारीमा
१५ वर्षीया एक किशोरीलाई बलत्कार गरेको भन्दै
पीडितपक्षले प्रहरी कार्यालयमा उजुरी दर्ता
गराएका थिए ।
0 comments:
Post a Comment