Home » » टीकापुर घटनामा संलग्न रहेको आरोपमा ८ पक्राउ

टीकापुर घटनामा संलग्न रहेको आरोपमा ८ पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


कैलालीको दुर्गौलीमा कर्फ्युमा संयुक्त गस्ती गर्दै सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी ।

भाद्र १४, २०७२- कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् । थापापुर गाविसका नवलपुर, थापापुर, खैरा, गौडचौरा लगायतका गाउँबाट उनीहरुलाई मध्यरातमा घरबाटै पक्राउ गरिएको हो ।

घटनामा संलग्नहरुको छानबिन गरी निर्दोषलाई छाडिने प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताए । उनीहरुलाई पक्राउ गरी धनगढी लगिएको छ ।

पक्राउ पर्नेमा जीतबहादुर थारु, वृजमोहन थारु, राजेश थारु, सनतराम थारु, राजेश चौधरी, किसन थारु, शीतलदास चौधरी रहेका स्थानीयले बताएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved