भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
धनुषा, १६ साउन । धनुषामा एक वयस्क महिला
बलात्कृत भएकी छिन् । त्यो पनि छोराजत्रो १९
वर्षीय युवकबाट ।
धनुषा क्षिरेश्वर नगरपालिका–९ बस्ने ४० बर्षीया
महिलालाई बिहिबार सोही ठाउँस्थित नर्सरी
जंगलमा लगेर १९ वर्षीय लिलाबहादुर बलामपाकी
मगरले बलात्कार गरेका हुन् । घाँस काट्न जाउँ आन्टी
भन्दै फकाएर उनले नर्सरीमा पुगेपछि बलात्कार गरेको
प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा बलामपाकी
मगरलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी दोलखा
गौरीमुदी–३ बस्ने २६ वर्षीया महिलालाई जंगलमा
वस्तु चराउन गएको अवस्थामा शुक्रबार जबरजस्ती
करणी गरेको अभियोगमा धुरे–८ बस्ने ३४ वर्षीय
रमेशबहादुर बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।
घटना सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक
अनुसन्धान गरिरहेको छ ।
0 comments:
Post a Comment