Home » » प्रधानमन्त्री केपी ओलीले चीनबाट ग्यास ल्याउने गृहकार्य थाल्न निर्देशन दिएका हुन....

प्रधानमन्त्री केपी ओलीले चीनबाट ग्यास ल्याउने गृहकार्य थाल्न निर्देशन दिएका हुन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, ३ कात्तिक । खाना पकाउने एलपी ग्यास चीनबाट आयात
गरिने भएको छ । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण
बजारमा ग्यासको हाहाकार मच्चिसकेको अवस्थामा प्रधानमन्त्री केपी
ओलीले वाणिज्य सचिवसहित सम्बन्धित अधिकारीहरुलाई डाकेर चीनबाट
ग्यास ल्याउने गृहकार्य थाल्न निर्देशन दिएका हुन् ।
व्यवसायीहरुले यसअघि नै चीनबाट ग्यास ल्याउने प्रस्ताव गरेपनि सरकारले
कुनै जवाफ दिएको थिएन ।
करिब १ महिनादेखि भारतबाट पेट्रोलियम पदार्थ आयातमा देखिएको
अवरोधका कारण राजधानीसहित देशैभर ग्यासको हाहाकर भएको छ ।
होटल तथा रेस्टुरेन्टजस्ता व्यवसायहरु पनि प्रभावित भएका छन् ।
यसक्रमा मंगलबार प्रधानमन्त्रीलाई भेट्न पुगेका व्यवसायीहरुले सरकारले
चीनबाट आयात हुने ग्यासमा सबै कर छुट दिनुपर्ने बताएका थिए । कर छुट र
सरकारले केही अनुदान दिने हो भने ग्यास अहिलेकै मुल्यमा बेच्न सकिने
उनीहरुको भनाइ थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved