Home » , » नेपाली चलचित्रका लागि जन्मे, यसैमा मर्ने इच्छा छ : भुवन केसी

नेपाली चलचित्रका लागि जन्मे, यसैमा मर्ने इच्छा छ : भुवन केसी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ । नेपाली चलचित्र नगरीमा ३ दशकको लामो यात्रा पार गरीसकेका अभिनेता भुवन केसीले कुनै पनि चलचित्र एक जनाको कारणले नचल्ने बताएका छन् । यदी कसैले त्सो भन्छ भने त्यस्ताहरु केवल मुर्ख सिवाय अरु केही नभएको उनको तर्क छ । चलचित्र निर्माण आफैमा जटील विधा हुँदा हुँदै यो टिम ओर्क भएकाले कुनै एक जना माइकलालका कारण भन्दा पुरा युनिटका कारण चल्ने उनी बताउँछन् । राजधानीमा आयोजीत एक कार्यक्रममा सोमबार केसीले विदेशमा बस्ने आफन्तले नेपाली चलचित्र उद्योगको राम्रो बजार नभएकाले विदेश आउने आग्रह गरेपनि आफुले त्यसलाई इन्कार गरेको बताए । आफन्तहरुले बाहिरबाट नेपालमा बसेर समय बर्बाद नगर्न सुझाव दिएर पटक पटक बोलाए पनि आफु अहिले सम्म यो क्षेत्र छोडेर अरु केही नसोचेको बताउँदै यही क्षेत्रमा नै आगामी दिनमा पनि निरन्तरता दिने बताए । उनले भने म यही क्षेत्रका लागी जन्मेकाले यही क्षेत्रमा नै अझै केही गरेर विदेश नगई यहीँ बाँच्ने यहीँ मर्ने इच्छा रहेको उनले प्रस्ट्याए । अभिनेता केसीले आफ्नो जस्तो चाहना छोरा अनमोल केसीमा पनि रहेको बताउँदै उसको करिअर सफल बनाउन सबैले सहयोग गरेकोमा आभार प्रकट गरे । आफुले यही क्षेत्रमा लामो काल खण्ड बिताएको र आगामी दिनमा पनि यही क्षेत्रमा नै सर्मपीत भएर भूवनले अझै राम्रा चलचित्र आगामी दिनमा बनाउने दाबी गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved