भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
धुलिखेल : भूकम्पमा घर भत्किएपछि गाउँ जान
हिंडेकी युवतीमाथि सामूहिक बलात्कार
भएको छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा जान
काटेश्वरबाट टाटा मोबाइल चढेकी युवतीलाई
काभे्रको पनौतीमा पु¥याएर सामूहिक
बलात्कार भएको खुलासा भएको छ ।
भूकम्पपछि बैशाख २१ गते सिन्धुपाल्चोकको
साँगा चोक घर जान हिडेकी २० वर्षिया
युवती सामूहिक बलात्कारमा परेकी हुन् ।
सामूहिक बलात्कारको आरोपमा प्रहरीले
काभ्रेको खहरेपाँगु २ का २८ वर्षिय श्याम
लामा, पनौती १२ का २० वर्षिय किरण पहरी,
काभ्रे च्याम्राङबेसी ४ का सुनिल भन्ने
सुजन घिमिरे र पनौती नगरपालिका १० का २६
वर्षिय राजन थापालाई पक्राउ गरेको छ ।
उनीहरुले घर जानका लागि काठमाडौँको
कोटेश्वरमा बैशाख २१ गते साँझ गाडी कुरेर
बसेकी युवतीलाई काभ्रेको पनौतीमा ल्याएर
विभिन्न प्रलोभन, डर त्रास देखाई बलात्कार
गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले
जनाएको छ ।
कोटेश्वरमा बस कुरेर बसिरहेकी युवतीले
सामान बोक्ने टाटामोबाइल गाडीलाई हात
दिएर रोकेकी थिइन् । युवतीले रोक्नका
लागि हात दिएपछि उनीहरुले कहाँ जाने भन्दै
सोधेका थिए ।
युवतीले चौतारा जाने भनेपछि ती युवकहरुले
आफुहरु पनि चौतारा जान लागेको बताउँदै
युवतीलाई चढाएका थिए। कोटेश्वरबाट अघि
बढेको गाडी पनौतीमा लगेर रोकिएको थियो ।
पनौतीमा लगेर गाडी रोकिएपछि युवतीले यो
चौतारा जाने बाटो नै होइन भनेपछि ती
उनीहरुले खाजा खाएर चौतारा जाने भन्दै
ढाँटेका थिए।
उनीहरुले पनौती बसपार्कमा रहेको एक होटलमा
मःम खाएका थिए । मःम खाएपछि ती युवतीलाई
स्थानीय गोरखनाथ सामुदायिक बनमा लगेर
चारै जनाले पालैपाले बलात्कार गरेका थिए
। चारैजना युवाले बलात्कार गरेका थिए।
बलात्कारपछि उनीहरुले युवतीलाई नाजुक
अवस्थामा बनेपामा ल्याएर छोडिदिएका थिए
।
स्थानीयको सहयोगमा युवतीले बैशाख २२ गते
ईलाका प्रहरी कार्यालय बनेपामा गएर
आफुमाथि भएको घटनाको बारेमा जानकारी
गराएकी थिइन्। युवतीले दिएको बयानका
आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला
प्रहरी कार्यालय काभ्रेले जनााएको छ ।
उनीहरुमाथि अनुसन्धान जारी रहेको
प्रहरीले जनाएको छ ।
बैशाख १२ गते महाभुकम्प गएपछि काभ्रेमा चार
वटा बलात्कारका घटना भएका छन् । भुकम्पपछि
बैशाख १५ गते जिल्लाको भिमखोरी ७ का
स्थानीय ५९ वर्षीय दिलबहादुर थिङले घाँस
काटेर फर्कदै गरेकी ६० वर्षिया बृद्धालाई
यता आउ भन्दै डर, त्रास देखाई बलात्कारको
प्रयास गरेका थिए ।
यस्तै बैशाख १६ गते पनौती नगरपालिका १
चौकोटमा सुस्तमनस्थित भएकी युवतीलाई
बलात्कारको प्रयास गरेको आरोपमा
स्थानीय २८ वर्षिय मधुकर श्रेष्ठ पक्राउ
परेका थिए ।
यसैगरि बैशाख २१ गते पनौती नगरपालिका ११
की युवतीलाई कोठामा बसिरहेको अवस्थामा
बलात्कार गर्न खोजेको आरोपमा सर्लाही
जिल्ला गौरीशंकर गाविस ८ का २५ वर्षिय
बिमल शाह सोनारलाई पक्राउ गरिएको प्रहरीले
जनाएको छ । सोनारले ती युवतीको कोठमा गई
डर, धम्की देखाई बलात्कारको प्रयास गरेका
थिए ।

0 comments:
Post a Comment