Home » » सरकार भन्छ-‘बन्द हड्ताल फिर्ता नलिए प्रचण्ड- बाबुरामलाई कारवाही गर्छौं’

सरकार भन्छ-‘बन्द हड्ताल फिर्ता नलिए प्रचण्ड- बाबुरामलाई कारवाही गर्छौं’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २४ चैत । सरकारले एकीकृत नेकपा
माओवादी नेतृत्वको तीस दलिय मोर्चाले बन्द
हड्ताल नरोके कारवाही गर्ने चेतावनी दिएको छ

आन्दोलनका नाममा बन्द हड्ताल तथा तोडफोड
गरेको भन्दै गृह मन्त्रालयले मंगलबार साँझ विज्ञप्ती
जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो ।
‘आन्दोलनका नाममा जनतालाई दुःख दिने जो
सुकैलाई पनि कारवाही गरिनेछ,’ विज्ञप्तीमा
भनिएको छ । विज्ञप्तीको निचोड हेर्दा
आन्दोलनका लिडर प्रचण्ड र बाबुरामलाई पनि
कारवाही गरिने गृह मन्त्रालयको योजना छ ।
गृह मन्त्रालयले मोर्चाको बन्दमा झडप, तोडफोड
स्थिति सिर्जना हुन नदिन सतर्कता अपनाएको
जनाएको छ । जसका कारण मंगलबार कुनै अप्रिय
घटना घटेको छैन् ।
‘आन्दोलनका नाममा जवर्जस्ती बन्द गराउने,
सरकारी सम्पत्तिमा हानी नोक्सानी पुर्याउने,
जनजीवन अस्तव्यस्त बनाउने जस्ता गतिविधिहरु गैर
कानुनी भएकाले यस्ता गतिविधि नगर्न आग्रह
गछौं । अन्यथा यस्ता गतिविधिहरुको पुनरावृत्ति
भएमा कानून बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’
विज्ञप्तीमा भनिएको छ ।
गृह मन्त्रालयले सर्वसधारण निर्वाध रुपमा सवारी
साधन चलाउन आग्रह समेत गरेको छ । सरकारले
सुरक्षाको पूर्ण ग्यारेण्टी लिने भन्दै सवारी
चलाउन आग्रह गरेको हो । मोर्चाले भने, हड्ताल
फिर्ता लिन कुनै प्रतिक्रिया दिएको छैन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved