भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सिरहा, १७ मंसिर । चुरे भावर राष्ट्रिय एकता पार्टीको प्रतिकार बढेपछिमधेसी मोर्चाभित्र खैला बैला मचिएको छ । इटहरीमा भएको प्रतिकारसंगैमधेसी मोर्चाले राजमार्गमा गर्ने आफ्नो सभालाई कि त स्थगित गरेको छ कित स्थान सारेको छ ।इटहरीमा मोर्चाका कार्यकर्तालाई लखेटेपछि दुहबीको कार्यक्रम सारेरविराटनगर, बर्दिबासको कार्यक्रम सारेर ढल्केबर, लालबन्दीको कार्यक्रम सारेरनवलपुरमा गरेको छ । यस्तै, प्रतिकार हुने र लखेटिने डरले निजगढ, पथलैया, हेटौडा रअत्तरियाको कार्यक्रम भने स्थगित नै गरेको छ ।हिजो ढल्केवरमा भएको सभामा चर्को भाषण गरेका मधेसी मोर्चाका शीर्षनेताहरू सर्लाहीको नवलपुरमा हुने सभामा सहभागी नहुने भएका छन् । अबवार्ताको कुनै औचित्य नभएको र काठमाडौंसंग वार्ता नगर्ने भन्दै भाषण गरेकासंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शनिवार हुने वार्ताकोलागि आजै काठमाडौतिर लागेका छन् ।यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि ढल्केवरकोसभामा सहभागी भएका थिए तर अस्वस्थताको कारण जनाउंदै जनकपुरमै रहेका छन्। ठाकुर आजै काठमाडौं फर्किने कार्यक्रम छ । आफ्नै गृह जिल्ला भएकाठाकुरसहित महेन्द्र यादवको पनि नवलपुरको राजमार्गमा रहेको सभामा जानेकार्यक्रम निश्चित छैन् ।आक्रामक शैलीमा चर्को भाषण गर्दै आएका सदभावना पार्टीका अध्यक्षराजेन्द्र महतो भने नवलपुर सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनकापार्टीका जिल्ला नेताले बताएका छन् ।आज बिहान सिरहाको लहानमा पत्रकार सम्मेलनमा बोल्दै महतोले चूरे भावरकोप्रतिकारको घोषणा भएकै कारण आफू नवलपुरको सभामा सहभागी हुने बताए ।महतोले चूरेभावरको क्षेत्र हुंदै आफू नवलपुर पुग्ने र आफूलाई रोक्न चूरे भावरलाईचुनौती समेत दिए । चूरे भावरका अध्यक्ष बद्री न्यौपानेले राजेन्द्र महतोलाई चूरेभावर क्षेत्रमा प्रवेश गर्न नदिने घोषणा गरेका थिए ।चूरे भावरको प्रतिकारको डरले महतो बाहेकका मोर्चाका शीर्ष नेताहरू नवलपुरनआउने भएपछि आम मधेसी जनता सभामा उपस्थिति हुने नहुने बारे अन्यौलताछाएको छ । नवलपुरमा झडप हुने सम्भावना भएकोले गर्दा जनताको उपस्थितिन्यून हुने मोर्चाका स्थानीय नेताले बताएका छन् ।
0 comments:
Post a Comment