भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आश्विन ५, २०७२- प्रधानमन्त्री सुशील
कोइराला वनमन्त्री महेश आचार्य र
कांग्रेस नेता आनन्दप्रसाद ढुंगानासहित
बिजुलीबजारस्थित तराई मधेस
लोकतान्त्रिक पार्टीको कार्यालय
पुगेका छन् ।
प्रधानमन्त्री करिब पौने ९ बजे तमलोपा
कार्यालय पुगेका थिए । प्रधानमन्त्री,
मन्त्री आचार्य र नेता ढुंगानाले
तमलोपा अध्यक्ष महन्थ ठाकुर र
उपाध्यक्ष हृदयस त्रिपाठीसँग वार्ता
गरिरहेका छन् ।
ठाकुर निकट स्रोतका अुनसार
प्रधानमन्त्री कोइरालाले वार्ताबाट
समस्या सुल्झाउन र आवश्यक परे संविधान
संशोधन गर्न समेत आफू तयार रहेको भन्दै
वार्ताको लागि आग्रह गरेका छन् ।
छलफलका क्रममा ठाकुरले वार्ताको
परिस्थिति तीन दल र सरकारले
बिगारिसकेको भन्दै अब मोर्चालाई
पछाडि फर्कन अप्ठेरो परेको बताएका
छन् ।
ठाकुरले संविधान जारी गरेपछि मधेसमा
झन् हिंसा बढ्दै गएको भन्दै
प्रधानमन्त्रीसँग गुनासो गरेका थिए ।
उनले मधेसी मोर्चाका अन्य दलसँग छलफल
गरेपछि मात्रै वार्ता गर्ने वा नगर्ने
विषयमा जवाफ दिनसक्ने बताएका थिए
।
यसैगरी, आन्दोलनको कार्यक्रम तय
गर्नको लागि फोरम लोकतान्त्रिक
नेतृत्वको संयुक्त लोकतान्त्रिक
मोर्चाको बैठक फोरम कार्यालय
सानेपामा बसिरहेको छ ।
0 comments:
Post a Comment