भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
असोज ७
काठमाडौं– एमाओवादी नेता तथा पूर्व
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले
नेपालले संविधान निमार्ण गर्ने क्रममा
थुप्रै गल्ती र कमजोरी गरेको बताएका छन्
। भारतीय पत्रिका हिन्दूस्तान
टाइम्सलाई अन्तरवार्ता दिदैँ उनले आफ्नो
पार्टी माओवादीसहित नेपालका
राजनैतिक पार्टीहरुले संविधान
निमार्णका क्रममा गरेका कमजोरीले
नेपाल भारत सम्बन्धमा राजनैतिक दरार
देखिएको समेत बताएका छन् ।
कमी कमजोरी सच्याउन चासो
नदेखाएको भन्दै उनले घुमाउरो शैलीमा
अध्यक्ष प्रचण्डको विरोध समेत गरेका छन् ।
उनले उत्पिडित समूदायलाई छाडेर आफ्नो
पार्टी सत्ताधारी पार्टीहरुसँग मिल्न
जानु नै समस्या भएको बताए ।
डा. भट्टराईले वाह्य र आन्तरिक
शक्तिकेन्द्रले आज देखिएको समस्याको
समयमा पूर्वानुमान गर्न नसक्दा यस्तो
अवस्था आएको बताए । ‘समस्या
समाधान गर्न दुवैले सूचना र सन्वय गर्न
सकेनन्,’ उनले भनेका छन् । अन्तर्वार्तामा
भट्टराईले शान्ति प्रक्रियामा दिल्लीले
खेलेको भूमिका सराहनीय रहेको बताउँदै
भारतको ‘व्यवस्थापन’मा समस्या रहेको
औंल्याए । उनले भने, ‘एकभन्दा बढी
च्यानलबाट सन्देश पठाउँदा नेपाल मिक्सड
सिग्नल आयो ।’
मधेसी र थारुको पक्षमा भारतले व्यक्त
गरेको चासो स्वभाविक रहेपनि
नाकाबन्दी गर्नु भारतलाई नै अनुत्पादक
हुने बताउँदै उनले मधेसी तथा थारुका
समस्या सम्बोधन हुनुपर्ने कुरामा समेत पटक
पटक जोड दिएका छन् ।
उनले मधेसी, थारु र अन्य जनजातिको
आन्दोलनमा आफू आबद्ध हुने घोषणा समेत
गरेका छन् । उनले जनयुद्धका दौरानमा
उठाएका मुद्धाहरुलाई माओवादी नेतृत्वले
संविधान निमार्णका क्रममा बलियो
ढंगबाट उठाउन नसकेको पनि बताएका छन्
।

0 comments:
Post a Comment