भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ, चिनियाँ विदेशमन्त्री वाङ
यीले नेपाल चीनलाई दक्षिण एसियासँग जोड्न पुल
बन्नसक्ने विचार राखेका छन् । नेपाल र
चीनबीचको मन्त्रिस्तरीय वार्तापछि संयक्त
पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेशमन्त्रीले
नेपाल, चीन र भारतको सम्बन्ध
अन्योन्याश्रति रहेको बताए ।
चीनले नेपालललाई दिंदै आएको सहयोग बढाएर
वाषिर्क ८ मिलियन यूआन सहयोग गर्ने
प्रतिबद्धता जनाएको छ । चीनले
नेपालमा नौ क्षेत्रमा लगानी गर्ने
सहमति जनाएको परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले
जानकारी दिए ।
चीनले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार,
जलस्रोत, पर्यटन, सामाजिक सुरक्षा, सुरक्षा र
कानुन कार्यान्वयनको क्षेत्रमा सहयोग गर्ने
प्रतिबद्धता जनाएको छ ।
चीन र नेपाल लगानी र मानव स्रोतसमेत सहकार्य
गर्न सहमत भएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङले नेपाल र
चीनबीचको क्षेत्रिय साँस्कृतिक
बढाउनुपर्नेमा जोड दिए ।
'नेपालको पुरानो मित्र हो र यो सम्बन्ध अझैं
प्रगाढ बन्दै जानुपर्छ', उनले भने,'हामी सधैं
राम्रो छिमेकी हौं ।'
उनले दुई देशबीचको सम्बन्धको औपचारीक सुरुवात
भएको ६० औं बर्षगाँठ धुमधामसँग मनाउने घोषणा गरे
। दुई देशबीच औपचारीक सम्बन्ध सुरुवात
भएको अर्को बर्ष ६ दशक पुग्दैछ ।

0 comments:
Post a Comment