भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आफ्ना यौन अङ्गहरू आफैंले चलाएर यौनसन्तुष्टि लिने
एक किसिमको यौन व्यवहारलाई नै हामी हस्तमैथुन
भन्छौं। पुरुषले विशेषतः लिङ्गलाई हातले
अघिपछि चलाएर वा दबाब दिएर हस्तमैथुन गर्छन् भने
महिलाले गर्ने हस्तमैथुनमा विविधता छ। उनीहरूले
भगांकुर चलाउने, योनिमा केही पसाउनेदेखि अन्य
यौन संवेदनशील अङ्ग जस्तै स्तनको मर्दनसम्म गरेर
हस्तमैथुन गर्छन्। चरमसुख प्राप्त गर्ने
कुरामा भगांकुरको महत्त्वपूर्ण स्थान भए
पनि योनिमा केही पसाएर यौन आनन्द लिनु
अर्को प्रमुख उपाय हो। के हस्तमैथुनले दुब्लो बनाउँछ ?
वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय
समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने
सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन
क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले
बढी नै महत्त्व पाएको छ। सांकेतिक
रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य
गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ।
यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ।
पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक
सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २
सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य
स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ। यौनसम्पर्क
गर्दा वा त्यस अघिपछिका शारीरिक
क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य
स्खलनजस्ता कतिपय क्रिया-
प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने
कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम
ऊर्जा खर्च हुन्छ। त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष
दिनु जायज छैन। बरु तपाईंले पोषण र
व्यायाममा ध्यान दिनुहोला। बानी हटाउन के
गर्ने ? यो एक स्वाभाविक प्रक्रिया र
शरीरको माग भएकाले यसलाई कम गर्न वा बन्द गर्न
आवश्यक छैन। शारीरिक रूपमा धेरै परिश्रम पर्ने
किसिमका काम वा खेलकुद, यौन उत्तेेजना नहुने
खालका साहित्य पढ्ने वा आफ्ना सौखका अन्य
विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट
हस्तमैथुन गर्ने कार्यलाई केही हदसम्म कम गर्न सकिन्छ।
हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र
समयको खोजीमा प्रशस्तै शक्ति र समय खर्च गरिन्छ।
त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने
ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ। सक्दो अन्य
व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन
सके हस्तमैथुन गर्न पायक पर्दैन। विवाहपछि नियमित
यौन सम्पर्क गर्ने अवसर पाइने भएकाले
यस्तो क्रियाकलापमा स्वाभाविक
रूपमा कमी आउन सक्छ। दाम्पत्य जीवनमा असर
तथा पिता बन्ने कुरा हस्तमैथुन
गरेका वा विवाहपछि पनि गरिरहेका व्यक्तिहरूले
आनन्दले दाम्पत्य जीवन जिउन सक्छन् र जिइ नै
रहेका छन्। त्यसैले अनावश्यक पीर नगर्नुभए हुन्छ।
तपाईंको हस्तमैथुन मात्र गरेर श्रीमतीसँग यौनसम्पर्क नै
नगर्ने सोच त छैन होला नि ?
तपाईंको वीर्यमा पर्याप्त मात्रामा स्वस्थ शुक्रकीट
छन् भने पिता बन्न केही असजिलो हुँदैन। यो पक्कै
हो कि पिता बन्न कुनै महिलाले तपाईंबाट गर्भधारण
गरेर शिशु जन्माइदिन सहयोग गर्नुपर्छ। निद्रा लाग्दैन
यो क्रियाकलाप आनन्ददायक हुनुका साथै यसले यौन
तनाववाट मुक्ति दिन्छ जसले निद्रा लाग्नमा सहयोग
नै पुर्याउँछ। तपाईंलाई
यसको बानी परिसकेको हुनाले
पनि प्रकृतिको यो आनन्दको पुरस्कार नलिई सुत्न मन
नलागेको हुन सक्छ। यसमा म
अस्वाभाविकता देख्दिनँ। पर्याप्त रूपमा शारीरिक
परिश्रमयुक्त क्रियाकलापमा संलग्न
हुनुभएको स्थितिमा हस्तमैथुन नगरे
पनि निद्रा लाग्नुपर्छ। के हस्तमैथुनलाई
हल्का रूपमा लिइएको हो ? यौनआनन्द प्राप्त गर्ने
उपायहरूमध्ये सबैजसोका लागि यौन संवेदनशील
अङ्गजस्तै यौन अङ्गको घर्षण नै प्रमुख हो। यौनसम्पर्क
गर्दा यौन अङ्गहरू एकआपसमा घर्षण गराइन्छन्।
मानिसले आफ्नो यौन अङ्गको घर्षण अरू कसैको यौन
अङ्गमा गराएर मात्र यौन आनन्द प्राप्त गर्छन् भन्ने
होइन। सिद्वान्ततः सम्भोग गर्दा र हस्तमैथुन
गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने
प्रक्रिया उस्तै हो। त्यसैले सम्भोग गर्दा हानि हुँदैन र
हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिलेन। यसलाई
प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग
जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले
समाजमा अनेक मिथ्या धारणा व्याप्त छन्। हस्तमैथुन
गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने,
नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई
सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने भ्रमहरू
व्याप्त छन्। यसले स्मरण शक्ति पनि ह्रास हुने होइन।
हस्तमैथुनका सम्बन्धमा अनेक भ्रम भए पनि यसले
यौनइच्छाको दमनबाट हुने तनाववाट मुक्ति दिन्छ।
तनाववाट मुक्त मान्छे बढी सकारात्मक
रूपमा सिर्जनशील हुन सक्छ। भनिन्छ, यसले यौन
अपराध कम गर्न सहयोग पुग्छ। यस्तै हस्तमैथुनले अनावश्यक
गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध
तथा त्यस्ता क्रियाकलापमा खर्च हुने धन
तथा समयको दुरुपयोगवाट पनि जोगाउँछ।
अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले
चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू
सर्नबाट पनि बचाउँछ। यी सबै तथ्य नै हुन्, त्यसैले
हल्का रूपमा लिइएको भन्नु मनासिव नहोला।
हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर
आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न
गराएको हुन्छ। मानिसले बाल्यकालदेखि नै
ठूला व्यक्तिहरूको व्यवहारलाई
चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र
त्यसैका आधारमा यौनसम्बन्धी धारणा बनाउन
थाल्छ। त्यसैले यसमा हाम्रा सामाजिक मूल्य-
मान्यताको ठूलो हात हुन्छ। प्राकृतिक शारीरिक
क्रियाकलापसँग अमिल्दा मूल्य-मान्यताले
त्यस्ता नकारात्मक असर देखाउँछन्।

0 comments:
Post a Comment