Home » » ट्वीटरमा अगाडी अमिताभ बच्चन ....

ट्वीटरमा अगाडी अमिताभ बच्चन ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । बलिउडमा ‘बिग वि’ भनेर चिनिएका अमिताभ बच्चन पछिल्लो समयमा पनि सदाबहार स्टार बनेका छन् । आफ्नो फिल्मी यात्राको धेरै वर्षपछि प्रवेश गरेका नायक नायिकालाई पनि बच्चनले पछि पारेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा बच्चन सबैभन्दा बढी फलोअर भएका र सक्रिय देखिएका छन् । डिजिटल सेवा प्रदायक ‘टू द न्यू’ ले गरेको सर्वेक्षणअनुसार बच्चनका फलोअर एक करोड २० लाख रहेको जनाएको छ ।

साथै उनी सबैभन्दा बढी ट्वीट गर्ने र सक्रिय भएको देखाएको छ । यो ‘र्‍याङकिंग’ कुल फलोअर, फलोअरको संख्यामा वृद्धि, प्रतिदिन गरिएको ट्वीटको आधारमा तयार पारिएको जनाएको छ ।

७२ वर्षीय बच्चन पहिलो, शाहरुख खान दोश्रो, अभिषेक तस्रो स्थानमा रहेका छन् । आमिर खान,सलमान खान, ऋत्विक रोशन पनि सूचीका समावेश भएका छन् ।

नायिका प्रियंका चोपडा, दीपिका पादुकोण, सोनम कपुर, सोनाक्षी सिन्हा पनि सूचीमा परेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved