Home » » म्याद सकिएका कामदारको किन भिसा थप्दैछ मलेसिया ?

म्याद सकिएका कामदारको किन भिसा थप्दैछ मलेसिया ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु ५ पुस– मलेसियाले भिसा सकिन
लागेका ३ लाख ५२ हजार ४ सय ९३
विदेशी कामदारको भिसा एक
वर्षका लागि थप गर्ने घोषणा गरेको छ ।
त्यहाँको सरकारले
गैरकानुनी हैसियतमा रहेका उनीहरुलाई
यसअघि सन् २०११ मा ‘आममाफी कार्यक्रम’
अन्तर्गत वैध गराई
रोजगारी दिइएयता समयावधि सकिन डेढ
साता मात्रै बाँकी छँदा यस्तो निर्णय
गरेको हो ।
उनीहरु सबैको यही वर्ष अन्त्यमा भिसा सकिँदै
थियो । उसले
कामदारको चर्को अभावका कारण
मुलुकको अर्थतन्त्रमा असर पर्ने भएकाले
ती कामदार फर्काइनुअघि नै भिसा नवीकरण
गरेर रोजगारी यथावत् दिने निर्णय
गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जानकारहरुका अनुसार अर्थतन्त्र
विकासका लागि मलेसियालाई अझै २७ लाख
कामदारहरुको आवश्यकता पर्दछ ।
कामदारहरुको चर्को अभाव
झेलिरहेको मलेसियाले अर्थतन्त्रमा गिरावट
आउन नदिन उक्त निर्णय गरेको गृह
मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै
प्रमुख अंग्रेजी दैनिक न्युस्टन टाइम्सलगायत अन्य
स्थानीय समाचारमाध्यमले उल्लेख गरेका छन्
नेपालका लागि वैदेशिक रोजगारीको प्रमुख
गन्तव्य रकेो मलेसियाले ‘सिक्स–पी’नाम दिई
विभिन्न ६ चरणमा सम्पन्न गरेको उक्त
कार्यक्रममार्फत दुई वर्षअधि करिब १४ हजार
नेपालीले ‘अस्थायी अनुमति’ सहित २ वर्ष काम
गर्ने अवसर पाएका थिए । उनीहरुलाई
यही वर्षको अन्त्यमा फर्काइँदै थियो ।
कान्तिुर दैनिकबाट....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved