भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १२ पुस, एकीकृत
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले माघ ८ मै संविधान ल्याउने
गरी सहमतिको प्रयास
अझैपनि जारी रहेको बताएका छन् ।
प्रदेशहरुको सङ्ख्या लगायतको विषयमा अन्तिम
बिन्दुमा छलफल भइरहेकोले सहमति जुटे, बाँकी २५
दिनमा पनि संविधान जारी गर्न सकिने
प्रचण्डको भनाई छ । शान्ति र
लोकतन्त्रका लागि पेशागत संजाल पापडले आज
प्रचण्ड निवासमा पुगेर माघ ८ मै संविधान
जारी गर्न दवाबमूलक ज्ञापन पत्र
बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रचण्डले संविधान नबने एकीकृत
माओवादी पार्टीले नै घाटा बेहोर्नु पर्ने
भएकोले
संविधानको लागि सक्दो लचकता अपनाउन
आफूहरु तयार रहेको बताए । ज्ञापनपत्र बुझाउन
पुगेको टोलीका सदस्य तथा नेपाल चिकित्सक
संघका अध्यक्ष डा. अन्जनी कुमार झाले जुनसुकै
हालतमा पनि माघ ८ मा संविधान जारी गर्न
आफूहरुले प्रचण्डलाई आग्रह गरेको र उहाँले
पनि सक्दो प्रयास गर्ने
प्रतिबद्धता जनाएको जानकारी दिए ।

0 comments:
Post a Comment