भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपाली मात्रै छैनन्, बिभिन्न बिधामा दख्खल
राख्ने नेपालीहरु पनि छन् । तीमध्ये एक हुन,
झापा सतासीधाम-१, डुँडामारीचोकका वीरेन्द्र
श्रेष्ठ । उनले आफूलाई
गायकको रुपमा कतारमा चिनाएका छन् ।
एनआरएन 'नेपाली तारा' बिजेता बनेका उनले हालै
'बिचार' एल्बम ल्याएका छन् । एल्बममा ६ गीत छन्
। 'आफू रोएर भए पनि मलाई हसाउने साथी छिन्
मेरी.' बोलको गीतको म्युजिक
भिडियो बनेको छ । उनले दिनको १२ देखि १४
घन्टा काम गरेर बाँचेको अतिरिक्त समयलाई
सदुपयोग गर्दै सांगीतिक एल्बम ल्याएको बताए ।
'कतारलाई मैले अझ केही समय कर्मभूमि स्वीकार
गर्नुपर्ने परिस्थिति छ । मैले यहाँबाट औपचारिक
रूपमा नेपाली संगीतमा प्रवेश गरेको छु', उनले
भने,'मैले सपना मात्रै देखेको छुइनँ, सपनालाई
पूरा गर्ने गोरेटो पनि कोरिरहेको छु ।'
त्यसमा चार वटा गीतहरू गौरव दर्पणले संगीत
भरेका छन् । वरिष्ठ संगीतकार वसन्त
सापकोटा रसंगीतकार अर्जुन पोखेरलले एक/एक
वटा गीतमा संगीत भरेका छन् ।


0 comments:
Post a Comment