Home » » कोरियामा आल्मुनियम बिस्फोटमा नेपालीको मृत्यु....

कोरियामा आल्मुनियम बिस्फोटमा नेपालीको मृत्यु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सोल, जेष्ठ २ - दक्षिण कोरियामा आल्मुनियम
बिस्फोटमा परेर एक नेपालीको मृत्यु भएको छ ।
ख्यङगीदो फेन्थेकमा रहेको फोङजन पिछल नामक
आल्मुनियम कम्पनीमा कार्यरत दाङ रामपुरका
अतिउल्लाह खानको शुक्रबार अल्मुनियमको
पोर्मिल धुलो हाल्ने क्रममा बिस्फोट भएर उपचार
क्रममा मृत्यु भएको हो ।
घटनापछि उपचार गर्न हेलिकप्टरमा हालेर सोलमा
रहेको हालिम युनिभसिर्टी मेडिकल सेन्टरमा
पुर्याइएको थियो । उपचारकै क्रममा
चिकित्सकहरुले खानलाई मृत घोषणा गरेको थिए ।
अल्मुनियमको धुलो बिस्फोटन भएकोबारे कोरियन
सुरक्षा निकायले अनुसन्धान गरिरहेको कम्पनी
स्रोतले जनाएको छ । सोलस्थित नेपाली
दुतावासका श्रम सहचारी अनिलकुमार गुरुङ
शुक्रबार नै घटनास्थलमा पुगेर जानकारी लिएका
थिए । शव यङदम्पोको एक अस्पतालमा राखिएको
छ ।
प्रहरीको प्रारम्भिक प्रतिवेदन आएपछि घटनाको
विवरण थाहा हुने सोलस्थित नेपाली दूतावासका
उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए ।
प्रतिवेदन सोमबार आउने सम्भावना रहेको छ ।
त्यस्तै दुर्घटनामा परेर खानसंगै काम गरिरहेका
बारा हरैया नयाँबस्तीका हरि सुवेदी गम्भीर
घाइते भएका छन् । त्यहाँ कार्यरत एक नेपाली
कामदारका अनुसार सुवेदीको अवस्था चिन्ताजनक
रहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved