Home » » गुगल ब्वाइबारे भ्रामक प्रचार नगर्न अपील,भूकम्पबारे यस्तो छ उनको सन्देश (भिडियोसहित)

गुगल ब्वाइबारे भ्रामक प्रचार नगर्न अपील,भूकम्पबारे यस्तो छ उनको सन्देश (भिडियोसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, जेष्ठ २ । आदित्य दाहाल अर्थात
गुगल ब्याइले महाभूकम्पबारे भविष्यबाणी
गरेको भन्दै भ्रामक खबर दिएकामा उनको
परिवारजनले आपत्ति जनाएका छन् ।
गत बैशाख १२ गतेको महाभूकम्प र
पराकम्पनपछि आउने भूकम्पबारे आदित्यले
त्यस्तो कुनै भविष्यबाणी नगरेको उनको
परिवारजनले जनाएका छन् ।
भ्रामक
खबर फैलाई आदित्यलाई बदनाम गर्न खोजेको
भन्दै उनका परिवारले आपत्ती जनाएका हुन् ।
बैशाख १२ गते र त्यसपछिका भूकम्पबारे कुनै
भविष्यबाणी नगरेपनि सबै मिलेर अहिलेको
विपत्तीबाट बाहिर निस्कन सक्ने सन्देश भने
दिएको उनको परिवारको भनाई छ ।
भूकम्प गएको केही दिनमा मानव सेवा नै
सबैभन्दा ठूलो धर्म हो । जिम्मेवारी सम्झी
पीडितको सेवामा समर्पित भई लागौं, जुटौं
सहयोग गरौं ।
धर्तीमातासँग एकतासहितको शान्ति
स्थापना गर्ने छौ भनी सपथ खाऔं,
प्रतीज्ञा गरौ, अवश्य यो अनिष्ट टर्नेछ ।
त्रास हट्ने छ । ताण्डव रोकिनेछ जस्ता सन्देश
आदित्यले लेखेका छन् ।
भूकम्पग्रस्त क्षेत्र घुम्ने इच्छा ब्यक्त गरेअनुसार
उनलाई केही भूकम्प प्रभावित क्षेत्र पनि
देखाएपछि यस महाप्रलयमा पनि मृत्युलाई
जितेर आएका छौं जस्ता सन्देश लेखेको
परिवारजनको भनाइ छ ।
आफ्ना छोरालाई भूकम्पको भविष्यबाणी
गर्न कुनै प्रश्न नसोधिएको र आदित्य स्वयंले
पनि कुनै सन्देश लेख्न नचाहेको परिवारजनले
प्रष्ट गरेका हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved