भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी : भारतको बिहार राज्यमा प्रेम गरेकै कारण
एक जोडीले ज्यान गुमाउनुपरेको छ । प्रेमी
जोडीलार्इ युवतकीका परिवारजनले नियण्त्रणमा
लिएर हत्यापछि जलाइदिएका हुन् ।
बिहारको गयास्थित पुलिसका प्रमुख मनु महाराजले
प्राराम्भिक अनुसन्धानबाट प्रेमी जोडीको हत्या
गरिएको पाइएको जानकारी दिए । यो घटना
बुधवार दिउँसो गया ज़िल्लाको बजिरंग प्रहरी
कार्यालय अन्तर्गतको मैठा गाउँमा भएको हो ।
उनका अनुसार एक बिबाहित व्यक्ति जयराम माझी र
एक युवतीबीच प्रेम बसेको थियो । युवतीका
परिवारजनले पहिले दुबैजनालार्इ कुटीकुटी हत्या
गरेपछि दुबैजनालार्इ एकै ठाउँ राखेर जलाइदिएका हुन
।
घटनापछि प्रहरीले ६ जना विरुद्ध उजुरी दर्ता गरेर
कारबाही अघि बढाएको छ । घटनामा संलग्न
कसैलार्इ पनि प्रहरीले गिरफ्तार गर्न सकेको छैन।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार यो
मामिलामा गाउँमा पञ्चायतको बैठक पनि बसेको
थियो ।
पञ्चायको बैठकमा दुबै प्रेमी जोडीले घटनाबारे
आफूलार्इ जोगाउने प्रयास गरेका थिए । तर
महिलाका परिवारजनले नमानेपछि गाउँले नै मिलेर दुबै
जनालार्इ कुटीकुटी हत्या गरेका हुन् ।
पुलिसका प्रमुख मनु महाराजले पुलिसले शवको अवशेष
बरामद गरेर डिएनए परीक्षणका लागि अस्पताल
पठाइएको जानकारी दिए । मारिएका युवा जयराम
माझी सोही गाउँकै जुवाइँ थिए । उनको आफ्नै
सालाका छोरीसँग प्रेम भएको थियो ।

0 comments:
Post a Comment