भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डौ, जेठ १ - भर्खरै काठमाण्डौलाई
केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको
छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार
बेलूकी ६ बजेर ५३ मिनेट जादा भूकम्पको
पराकम्पन गएको हो ।
यसअघि बुधबार बिहान २ बजे ४ रेक्टर स्केलको
भूकम्प पनि काठमाण्डौलाई केन्द्र विन्दु बनाई
गएको थियो ।
भूकम्प सानै गएपनि काठमाण्डौमा केही बढी
महसुस गरिएको थियो । भूकम्प जादा
काठमाण्डौका प्राय मानिसहरु सडकमा
दौडिएका थिए । आज मात्रै यस लगायत ४
रेक्टर स्केल भन्दा माथी ५ वटा भूकम्प गएका छन्
।
गत बैशाख १२ गते ७.९ रेक्टर स्केलपछि बैशाख २९
गते ७.४ रेक्टर स्केल ( अमेरिकी भूगर्भविदका
अनुसार) को शक्तिशाली भूकम्प गएको थियो
। भूकम्पबाट अहिलेसम्म झन्डै साढे ८ हजार
जनाको मृत्यु भएको छ भने १६ हजार बढी घाइते
भएका छन् ।
मंगलबार गएको भूकम्पबाट मात्र अहिलेसम्म मृत्यु
हुनेको संख्या १ सय १७ पुगेको छ । मंगलबार गएको
भूकम्पबाट सबैभन्दा बढी दोलखामा मृत्यु
भएको छ।
भूकम्पका स साना पराकम्पन गइरहेपनि त्यसले
ठूलो क्षति नगर्ने विज्ञको भनाई छ ।
0 comments:
Post a Comment