भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पोखराः पोखराको न्यूरोडमा दिउँसै चक्कु देखाएर
लुटपाट गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत बैशाख २७ गते दिउँसो चक्कु देखाएर ४७ वर्षीया
तार्साङ लामाको साथमा रहेको दुई लाख रुपैयाँ
लुट्ने गिरोहका चारजनालाई पक्राउ गरी प्रहरीले
डाँकाचोरी मुद्दा दर्ता गरेको छ ।
अभियुक्तहरुले न्यूरोडको सिटी एक्सप्रेस मनी
ट्रान्र्सफरबाट पतिले विदेशवाट पठाएको रकम
निकालेर लिएर हिड्दै गरेकी तामाङलाई धारिलो
हतियार देखाई रकमसहितको ब्याग लुटेर भागेका थिए
।
पक्राउ पर्नेमा सोलुखुम्बुको सल्लेरी–५ का २५ वर्षीय
फुर्बा शेर्पा, सिन्धुली हसाई–९ का ३६ वर्षीय गणेश
शाह भन्ने गंगाबहादुर शाह, भोजपुरको कोट–५ का २६
वर्षीय सञ्जय श्रेष्ठ र मकवानपुरको छतिवन–९ का २२
वर्षीय सोम थोकर छन् ।
0 comments:
Post a Comment