Home » » नेपालको भूकम्पबारे चीन गएर के भने मोदीले ?

नेपालको भूकम्पबारे चीन गएर के भने मोदीले ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

modi-sijin ping

काठमाण्डु, २ वैशाख– दुई छिमेकी चीन र भारतबीच महाभूकम्पमा परेको मुलुक नेपाललाई सहयोग गर्ने विषयमा बेइजिङमा समेत छलफल सुरु भएको छ ।
चनि भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच नेपालबारेमा छलफल भएको हो ।
दुई नेताबीच भूकम्पपीडित नेपालको उद्धारमा चीन र भारतले मिलेर काम गरिरहेको चीन भ्रमणमा रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
उनले नेपाल दुवै मुलुकको छिमेकी राष्ट्र भएकाले उसको पीडामा दुवैले साथ दिएको उल्लेख गरेका छन् ।
सिंघुवा विश्वविद्यालयमा प्रवचन दिने क्रममा पनि मोदीले नेपालका बारेमा बोलेका थिए ।
उनले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अर्को मुलुकको चासोको विषय बन्न दिन नहुने उल्लेख गर्दै यसमा दुवै देश मिलेर अघि बढ्नुपर्ने समेत पटकपटक बताएका छन् ।
‘सम्भव भएसम्म हामीले सँगै मिलेर काम गर्नुपर्छ । जसरी हामीले मिलेर नेपालमा भूकम्पपीडितको उद्धारमा काम गरेका छौं’, मोदीको भाषणमा उक्त कुरा उल्लेख छ ।
कान्तिपुर दैनिकबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved