Home » » अमेरिकी टोलीलाई सिंहदरबार निरीक्षण गर्न रोक......

अमेरिकी टोलीलाई सिंहदरबार निरीक्षण गर्न रोक......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

sinha darbarको लागि तस्बिर परिणाम

आजको अन्नपूर्णमा विकास थापाले लेख्नुहुन्छ विनाशकारी भूकम्पले सरकारको केन्द्रीय प्रशासनिक कार्यालय सिंहदरबारका भवनहरूमा पारेको असरको प्राविधिक मूल्यांकन गर्न सहरी विकास मन्त्रालयले खटाएको एक अमेरिकी प्राविधिक टोलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार रोक लगाएको  छ।
सरकारको पूर्वअनुमतिबिना विदेशीहरूलाई सिंहदरबार घुसाएको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले सिंहदरबार पुनर्निर्माण विकास समितिका पदाधिकारीलाई हप्काएका थिए।
समितिका एक अधिकारीका अनुसार सदस्यसचिव गिरिजाप्रसाद गोर्खालीले आफूले सहरी विकास मन्त्रालयबाट पत्र प्राप्त गरेको र सोही पत्रका आधारमा क्षति पुगेका मन्त्रालय तथा भवनको प्राविधिक मूल्यांकन गर्न लगाएको जबाफ दिएका थिए।
 मन्त्रालयले बिहीबार समितिलाई पत्राचार गरी अमेरिकास्थित ग्लोबल फेयरनेस इनिसियटिभ भन्ने संस्थाबाट नौजना प्राविधिक (इन्जिनियर) लाई सिंहदरबारका मन्त्रालय रहेका भवनहरूको अध्ययन गर्न लगाउन निर्देशन दिएको थियो।
अमेरिकी टोलीमा समितिले आफ्ना इन्जिनियरहरू रञ्जन प्रजापति र सरोज कायस्थलाई समावेश गराएको थियो।
टोलीले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, युवा तथा खेलकुद, श्रम तथा रोजगार, योजना आयोग, सामान्य प्रशासन, उद्योग, वाणिज्य, भूमिसुधार, वातावरण र अर्थ मन्त्रालयका भवन निरीक्षण गर्ने योजना थियो।
 सचिव राईले आपत्ति जनाएपछि उनीहरूले प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयको 'र्‍यापिड भिजुयल एसेसेमेन्ट' (बस्न हुने-नहुने मात्र छुट्टयाउने गरी हुने प्राविधिक जाँच) गरेर फर्केका थिए।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved