Home » » सालीलाई बलात्कार गरेको आरोपमा पक्राउ....

सालीलाई बलात्कार गरेको आरोपमा पक्राउ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बालिका बलात्कारको आरोपमा झापाको
भद्रपुरका बले सतार पक्राउ परेका छन् । सतारले
नातामा साली पर्ने बुधबारे ४ की एकजना १५ बर्षे
दलित बालिकालाई बिर्तामोडको होटलमा
ल्याएर बलात्कार गरेको बयानका आधारमा पक्राउ
गरिएको प्रहरीले जनाएको छ । गत शुक्रबार आफ्नी
आमासँग पृथ्वीनगरमा रहेको मामाघर हिँडेकी
बालिकालाई मेरो घरमा जाँउ भन्दै सतारले भद्रपुरको
सगरमाथा चोकमा बसबाट उतारेका थिए । बसबाट
उत्रिने बित्तिकै सतारले बिर्तामोडतर्फ आउने अर्को
बसमा चढाएर एउटा होटलमा लिएर गएको
प्रहरीसमक्ष उनले बताइन् । सतारले रातभर होटलकै एउटा
कोठामा राखेर बलात्कार गरेपछि शनिबार
भद्रपुरस्थित आफ्नो घर लिएर गएको पीडितको
बयानमा उल्लेख छ । भद्रपुरबाट मामाघर गएकी
पीडितले बुधबारे ४ स्थित घरमा फर्केपछि आफ्नी
भाउजुसमक्ष घटनाबारे बताएकी थिइन । पीडितको
उजुरीका आधारमा प्रहरीले सतारलाई भद्रपुरबाट
पक्राउ गरेको थियो । पीडक सतार नातामा
बालिकाका भिनाजु हुन । उनकी दिदी एकबर्ष अघि
बैदेशिक रोजगारमा गएकी छन् । पीडित
बालिकाको स्वास्थ्य परिक्षण गरिएको प्रहरी
चौकी शनिश्चरेका सई सार्कीधन राइले बताए ।
सतारले तिमीसँग बिवाह गर्छु भन्ने आश्वासन दिएर
बलात्कार गरेको पीडितको बयानमा उल्लेख छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved