Home » » प्रधानमन्त्री-मोदीबीच टेलिफोन वार्ता...

प्रधानमन्त्री-मोदीबीच टेलिफोन वार्ता...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री सुशील कोइराला र
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार
अपराह्न टेलिफोन वार्ता भएको छ। वार्तामा
मंगलबार गएको महाभूकम्पले नेपाल र भारतमा
पुर्याएको जनधनको क्षतिबारे कुराकानी भएको
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.
दिनेश भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री कोइरालाले वैशाख १२ को भूकम्पपछि
हालसम्म भारतले उपलब्ध गराएको सहयोगका लागि
धन्यवाद पनि दिएका थिए। मोदीले नेपालका
भत्केका संरचनाको पुनर्निर्माण तथा पीडितहरूको
पुनर्स्थापनामा सघाउन भारत तयार रहेको बताएका
थिए।
टेलिफोन वार्तापछि भारतीय प्रधानमन्त्री
मोदीले ट्विटमा भनेका छन्, 'अहिलेको विपत्तिको
घडीमा नेपाललाई हरतरहले सघाउने मैले विश्वास
दिलाएको छु।' उनले मंगलबारको भूकम्पपछिको
अवस्थाबारे प्रधानमन्त्री कोइरालासँग समीक्षा
गरेको जनाएका छन्।
भेटमा प्रधानमन्त्री कोइरालाको आसन्न भारत
भ्रमणबारे पनि कुराकानी भएको बताइएको छ।
प्रधामन्त्री कोइरालालाई जुन ११ मा भारतको
नयाँदिल्लीमा हुने साउथ एसियन युनिभर्सिटीको
दीक्षान्त समारोहको निमन्त्रणा आएको छ।
नेपालले अहिले दक्षिण एसियाली क्षेत्रीय सहयोग
संगठन (सार्क) को अध्यक्षता गरिरहेका कारण पनि
प्रधानमन्त्री कोइराला उक्त दीक्षान्त समारोहमा
जानैपर्नेछ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved