भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दक्षिण कोरिया, जेठ १ - दक्षिण कोरियामा काम
गर्ने कम्पनीमा जलेर एक नेपालीको ज्यान गएको छ ।
अर्का एक जना घाइते भएका छन् । दाङ जिल्ला
रामपुर ४ गदवा घर भएका अति उल्लाह खानको काम
गर्ने कम्पनीमा जलेर ज्यान गएको हो ।
फेन्थेकमा कार्यरत खानको शुक्रबार अस्पतालमा
उपचारको क्रममा ज्यान गएको हो । ६ महिनाअघि
कोरिया आएका उहाँ फेन्तेक फोङजन पिछल नामक
आल्मुनियम सम्बन्धी कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।
एउटै साहुको अर्को कम्पनीमा काम गरिरहेका उहाँ २
हप्ताअघि मात्र दुर्घटना भएको कम्पनीमा कामका
लागि आएको सँगै कार्यरत गोविन्द चौलागाईंले
जानकारी दिनुभयो ।
आल्मुनियम सम्बन्धी काम भएपनि खानको कार्यस्थल
त्यति खतराजन्य नपाएको चौलागाईको बुझाई छ ।
अकस्मात केहि विस्फोट भए जसरी खानको शरीर
जल्न पुगेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै चौलागाईंले
जानकारी दिनुभो ।
घटनाको बारेमा कोरियन सुरक्षा निकायले
अनुसन्धान गरिरहेको छ । घटनाको बारेमा
कोरियास्थित नेपाली दुतावासले आधिकारीक
जानकारी दिएको छैन । श्रोतका अनुसार नेपाली
दुतावाका प्रतिनिधि घटना स्थल पुगिसकेका छन ।
खानसँगै काम गर्ने बारा हरैया ५ नयावस्तीका ३९
वर्षका हरि सुवेदी गम्भीर घाईते हुनुभएको छ । उहाँको
उपचार भइरहेको छ ।
0 comments:
Post a Comment