Home » » बेलायती प्रधानमन्त्री क्यामरूनले कोइरालालाई फोन गरेर भने- नेपाललाई सहयोग गर्न बेलायत सदा तत्पर.....

बेलायती प्रधानमन्त्री क्यामरूनले कोइरालालाई फोन गरेर भने- नेपाललाई सहयोग गर्न बेलायत सदा तत्पर.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार साँझ
बेलायतका नवनिर्वाचित प्रधानमन्त्री डेभिड
क्यामरुनसँग टेलिफोन वार्ता गरेका छन्।
वार्तामा प्रधानमन्त्री कोइरालाले बेलायतमा
हालै सम्पन्न संसदीय निर्वाचनमा बहुमत प्राप्त गरी
पुनः प्रधानमन्त्रीको महत्वपूर्ण जिम्मेवारीलाई
निरन्तरता दिने अवसर पाउनु भएकोमा क्यामरुनलाई
बधाई दिएका थिए।
दुई प्रधानमन्त्रीको बीचमा नेपाल बेलायत सम्बन्ध,
नेपालमा हालै आएको विनाशकारी भूकम्प, भूकम्प
पीडितहरुको खोजी,उद्धार, राहत पुनर्स्थापना र
पुननिर्माणको विषयमा कुराकानी भएको थियो।
वार्तामा प्रधानमन्त्री कोइरालाले भूकम्प जस्तो
प्राकृतिक प्रकोपलाई सबैको मद्दतले सामना गरेर
नेपाल अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले भूकम्प
आउने वित्तिकै बेलायत सहितका मित्रराष्ट्रहरुबाट
प्राप्त भौतिक, प्राविधिक,आर्थिक र दक्ष
जनशक्तिको सहयोगले खोजी,उद्धार र राहत
कार्यमा ठूलो सहयोग पुगेको उल्लेख गरे। उनले बेलायत
सरकार र बेलायती नागरिकहरूले नेपालमा परेको
दुःखमा गरेको सहयोगको सराहना पनि गरे।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल र
बेलायत बीचको कुटनीतिक सम्बन्धको
द्विशताब्दीको चर्चा गर्दै आउने दिनमा दुईदेश
बीचको सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरे।
टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले यही
बैशाख १२ र २९ गते गएको भूकम्प र तिनका
पराकम्पनबाट भएको क्षतिमा खोजी र उद्धारको
चरण समाप्ति तिर गएको र हाल राहत तथा
पुनर्स्थापनामा काम हुन थालेको बताउँदै पुनस्थापना
र पूर्वाधारहरुको पुननिर्माणमा बेलायतको सहयोग
अपेक्षित रहेको बताए।
वार्तामा बेलायती प्रधानमन्त्री क्यामरूनले
प्रधानमन्त्री कोइराला र उनी मार्फत नेपाली
जनता र खास गरी भूकम्प पीडित जनता प्रति
सहानुभूति र आफन्त गुमाएकाहरु प्रति समवेदना प्रकट
गरेका थिए। उनले नेपाललाई आवश्यक सहयोग गर्न
बेलायत सदा तत्पर रहेको बचन दिएका थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved