भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
घण्टौंसम्मको सेक्स भन्दा ३ देखि १३ मिनेटको सेक्समै
अधिकतम सन्तुष्टि मिल्ने एक अनुसन्धानबाट पुष्टि
भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका
शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि
गरेका हुन् । शोधकर्ता एरिक कोर्टीले भनेका छन्,
‘आजकलका स्त्री–पुरुष पूरै रात सेक्स गरेर बिताउने
कल्पना गर्छन् तर यो असम्भव कुरा हो ।
’ उनको शोधमा सामेल स्त्री–पुरुषले आधा
घण्टाभन्दा बढी नै समय सेक्स गर्न चाहने गरेको
पाइयो । तर यसले निराशा र असन्तुष्टि पैदा गर्ने
शोधकर्ता कोर्टी बताउँछन् ।शोधकर्ताहरूले सेक्स
थेरापी र अनुसन्धानमा ६० जना विशेषज्ञलाई सामेल
गराएका थिए । यस समूहमा मनोवैज्ञानिक डाक्टर,
सामाजिक कार्यकर्ता, पारिवारिक
मामिलासम्बन्धी विशेषज्ञहरू थिए ।
यीमध्ये अधिकांश शोधकर्ताले यौनबाट सन्तोषजनक
सुख लिनका लागि पर्याप्त अवधि ३ देखि १३ मिनेट र
वाञ्छनीय अवधि ७ देखि १३ मिनेट हुने बताए । यी
विशेषज्ञका अनुसार १ देखि २ मिनेटको समय सेक्सका
लागि धेरै कम र १० देखि ३० मिनेटको समय धेरै लामो
हो । सेक्सका लागि उचित समयः जहिले पनि
रातिको समयमा मात्रै सेक्स गर्नु स्वास्थ्यका लागि
हितकर हुन्छ ।
बिहान उज्यालो हुनुभन्दा केही समयअगाडिदेखि
बेलुका घाम नअस्ताउन्जेलसम्म सेक्स गर्नुहुँदैन । अझ
बिहानको सेक्स त स्वास्थ्यका दृष्टिले झनै
हानिकारक हुने बताइएको छ । बेलुका खाना खाएको
सरदर २ घण्टापछिको सेक्स हितकारी हुन्छ । जो
व्यक्ति राति १०–११ बजे खाना खान्छन्, उनीहरूले
आधारातपछि मात्र सेक्स गर्नु राम्रो हुन्छ ।
सुत्ने बेलामा दूध पिउनुहुँदैन । दुई घण्टाअघि नै
पिइसक्नुपर्छ अनि मात्र सेक्सका लागि उचित हुन्छ ।
त्यस्तै मिन्स भएको समयमा पनि सेक्सलाई वर्जित
मानिएको छ । यद्यपि त्यस बेला कन्डम लगाएर पनि
सेक्स गर्नुहुँदैन । त्यस समयको सेक्सले रोग निम्त्याउन
सक्छ । यदि पार्टनरबीचमा क्रोध, चिन्ता, दुःख,
अविश्वास छ र मानसिक समस्या छ भने सेक्स गर्नु
उचित हुँदैन ।
दुवै जना प्रसन्न भए मात्र सेक्स आनन्ददायक हुन्छ ।
रोमान्टिक कुराकानी गरेर दुवै जनामा सेक्स जागृत
गराएपछिको सेक्सले आनन्द र सन्तुष्टि दिने हुनाले
यसतर्फ पनि ध्यान पुर्याउनु पर्ने अनुसन्धानकर्मीहरुको
भनाई छ ।
0 comments:
Post a Comment