Home » » पाल्पामा जमिन फाट्यो, स्थानान्तरणको खोजीमा स्थानीय....

पाल्पामा जमिन फाट्यो, स्थानान्तरणको खोजीमा स्थानीय....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

हालैको महाभूकम्पले पूर्ण रुपले क्षति भएको सहलकोट
गाविसको सुकेकोटको सिङ्गो बस्ती नै
स्थानान्तरण गर्नुपर्ने देखिएको छ।
लगातार भूकम्पको पराकम्पनका कारण जमिनमा
धाँजा फाटेपछि सिङ्गो बस्ती नै स्थानान्तरण
गर्नुपर्ने अवस्था आएको हो।
पहिलो र दोस्रो भूकम्पबाट विपत्तिको सामाना
गरेका सहलकोटवासीलाई तेस्रोपटकको
विनाशकारी भूकम्पले जमिन नै फाट्ने गरी क्षति
पुर्याएपछि ५५ घरपरिवार पूर्णरुपले गाउँबाटै
विस्थापित हुने भएको छ।
'भूकम्पबाट घर भत्कियो, दुःखसुख गरी सानोतिनो
ओत लाग्ने ठाउँ बनाएर जीविकोपार्जन गरौँला भन्ने
सोच थियो तर तेस्रोपटकको प्रकम्पनले घर नजिकैको
जमिन पनि चर्कियो, अब कहाँ जाने हो,' तिलबहादुर
रानाले भने। घर बनाउन नसकेको अवस्थामा विपत्ति
पर्यो, घर बनाउन पनि जग्गा नै छैन् कहाँ जाने
स्थानीय अर्का खुमबहादुर रानाले पनि दुःखेसो गरे।
दैवी विपत्ति कतिबेला आउँछ त्यो कसैलाई थाहा
नहुँदो रहेछ, पहिले त घरमा मात्र क्षति पुगेको थियो
पछि आएको प्रकम्पनले झन् जमिन नै धाँजा फाट्न
थालेपछि कहाँ गएर ज्यान बचाउने भन्ने तिन्ताले
सताएको यमबहादुर रानाले गुनासो गरे।
गत वैशाख १२ र १३ गतेको भूकम्पले सुकेकोटका ५५ घरमध्ये
२६ घर पूर्ण रुपमा र बाँकी घर चर्किएर ठूलो क्षति
पुगेको थियो भने पछि गएको अर्को विनाशकारी
प्रकम्पनले चर्केका घरमा पूरै क्षति पुगेपछि यस क्षेत्रका
बासिन्दा कहाँ गएर दिनरात बिताउने हो भन्ने
चिन्तामा डुबेका छन्।
यस्ता बस्ती जिल्लामा धेरै स्थानमा छन्। कसेनी
गाविसको सरापकोट, कोलडाँडाको सत्यवती,
हुमिनको लोरेन्जस्ता बस्तीहरु उच्च जोखिममा रहेका
छन्।
विशेषगरी पाल्पामा चुरे आसपासका क्षेत्रमा यस्ता
समस्या देखिएका छन्। पाल्पाको कुल भू–भागमध्ये १८
प्रतिशत भू–भाग चुरे क्षेत्रमा पर्दछ। चुरे क्षेत्र
आसपासका बस्ती उच्च जोखिममा छन्। रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved