Home » » उत्तर कोरियाको चेतावनीः कुनै पनि अमेरिकी जिउँदो छोडिने छैन....

उत्तर कोरियाको चेतावनीः कुनै पनि अमेरिकी जिउँदो छोडिने छैन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

उत्तर कोरियाली शासक किम जोङ उनले
अमेरिकालाई चेतावनी दिँदै कोरियाली
प्रायद्वीपमा युद्ध भएमा कुनै पनि अमेरिकी जिउँदो
नहरने धम्की दिएका छन् । उत्तर कोरियाले आइतबार
मात्र कोरियाली युद्धको ६२ औं वर्ष गाँठ मनाएको
छ । यही अवसरमा उत्तर कोरियाली शासकले
अमेरिकालाई यस्तो चेतावनी दिएका हुन् ।
उत्तर कोरियाको आणविक शक्तिबारे बोल्दै उनले
अमेरिकाले आणविक हतियारको धाक देखाएर
तर्साउने समय गइसकेको भन्दै अव कोरियाली
प्रायद्वीपमा युद्ध भएमा कुनै पनि अमेरिकीलाई
जिउँदो नछोडिने चेतावनी दिए ।
कोरियाली सेन्ट्रल न्यूज एजेन्सी अनुसार आइबार
मध्यरातमा कुमसुसान दरवार पुगेका किम जोङ उनले
पिताको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएको
बताइएको छ ।
यसैबीच कोरियाली पिपल्स आर्मीका प्रमुख तथा
रक्षामन्त्री पाक योङ सिकले अमेरिकाले उत्तर
कोरियाविरुद्ध षडयन्त्र गरिरहेको भन्दै अमेरिकामा
कुनै कागजातमा हस्ताक्षर गर्न समेत कुनै अमेरिकी
नबँच्ने चेतावनी दिए ।
उत्तर कोरिया र दक्षिण कोरियाबीच सन् १०५०
को दशकमा भएको युद्धपछि दुई राष्ट्रबीच कुनै
शान्ति सम्झौता नभएका कारण प्राविधीकरुपमा
समेत युद्धमै छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved