Home » » प्रधानमन्त्रीका सल्लाहकार कान्छी श्रीमती लिएर फरार, प्रहरी खोज्दै.....

प्रधानमन्त्रीका सल्लाहकार कान्छी श्रीमती लिएर फरार, प्रहरी खोज्दै.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १२ साउन । प्रधानमन्त्री सुशील
कोइराला सोझा भए पनि छट्टु सल्लाहकारहरुको
घेरामा पर्दा उनी दिनप्रतिदिन बद्नाम हुँदै गएका छन्
। सहयोगी र सल्लाहकारहरुले कोइरालाको नाम बेचेर
मस्ती गर्दै आएका छन् । देशको नेतृत्व गरेका
प्रधानमन्त्री कति कमजोर छन् भने उनले आफ्नै टिमलाई
समेत राम्रोसँग नेतृत्व गर्न सकेका छैनन् ।
आफ्ना सल्लाहकारहरु समेतले के गर्दैछन् भन्ने थाहा हुन
छोडेको छ । गतसाता प्रधानमन्त्री कोइरालाका
एक सल्लाहकार बेपत्ता भएपछि बालुवाटारमा
हल्लीखल्ली मच्चियो । तर प्रधानमन्त्रीले पछि
मात्र उक्त कुरा थाहा पाए ।
कोइरालाका राजनीतिक सल्लाहकार सुबीर खनाल
गत साता तीनदिनसम्म जानकारीविना नै हराएका
थिए । जुन विषयलाई लिएर यतिबेला
प्रधानमन्त्रीको सचिवालयमा हंगामा मच्चिएको छ
। बालुवाटार स्रोतका अनुसार हराएको दोस्रो
दिन पनि उनी सम्पर्कमा नआएपछि प्रहरीलाई खबर
गर्नुपरेको थियो । मोबाइलसमेत अफ गरेर उनी बेपत्ता
भएका थिए ।
दोस्रो दिन पनि उनी बेपत्ता भएपछि प्रहरीलाई नै
खबर गर्नुपर्ने अवस्था आएको थियो । प्रहरीले उनको
मोबाइलको अन्तिम लोकेसन हेर्दा गंगबु देखिएको
थियो । त्सपछि उनी कान्छी श्रीमतीसँग रहेको
आँकलन गरिएको थियो । बहुविवाहको कारण
खनालको पारिवारिक जीवन अस्तव्यस्त छ ।
जेठी श्रीमतिसँग सम्बन्धविच्छेद नगरी दोस्रो बिहे
गरेर गोप्य राखेका कारण उनी विवादमा तानिंदै
आएका छन् । त्यही तनावमा उनी तीनसम्म बेपत्ता
भएको स्रोत बताउँछ । उनी हराएको सुरुमा
प्रधानमन्त्रीले थाहा नपाए पनि मृदुला कोइरालाले
कुरा लगाइदिएकी थिइन् ।
त्यसपछि खनाल र मृदुलाबीच लडाई झन् चर्केको छ ।
सचिवालयकै बाबुराम आचार्य, दिनेश भट्टराई, अतुल
कोइराला, रमेश भण्डारीसमेत सरुवा र ठेक्काको काम
मिलाउनै व्यस्त छन् । दृष्टि साप्ताहिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved