भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
इटहरी, १२ साउन: नयाँ संविधानमा हिन्दु
राष्ट्र कायम हुनुपर्ने भन्दै आन्दोलनरत हिन्दुवादी र
प्रहरीबीच आज इटहरीमा झडप भएको छ । झडपका
क्रममा राप्रपा नेपालका इटहरी अध्यक्ष रामु पोखरेल
सहित एक दर्जन बढी प्रदर्शनकारी र दुई जना
सुरक्षाकर्मी घाइते भएका छन् ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले नौ राउण्ड
अश्रृग्यास प्रहार गरेको छ । अझै पनि इटहरीमा
बारम्बार झडप भइरहेको छ भने स्थिति अझै तनावग्रस्त
छ । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र
सुनसरीका प्रहरी प्रमुख सञ्जय शर्माको उपस्थितिमा
आज बिहान इलाका प्रहरी कार्यालय इटहरीमा
वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष
समितीबीच शान्तिपूर्ण प्रदर्शन गर्ने र नेपाल
झण्डाको दुरूपयोग नगर्ने सहमति भएपनि प्रहरीले
आन्दोलनको नेतृत्व गर्दै आएका सन्त श्रीनिवास
आचार्यलाई सहमति भएको केहि समयपछि नै
नियन्त्रणमा लिएपछि हिन्दुवादीहरू आक्रोशित
भएका हुन् ।
आक्रोशित हिन्दुवादीहरुले श्रीनिवासलाई
छोड्नुपर्ने भन्दै प्रहरीविरुद्ध ढुंगामुढा गरेका थिए ।
प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले पनि
अन्धाधुन्ध लाठी प्रहार गरेको थियो भने अश्रृग्याँस
पनि प्रहार गरेको थियो । लाठी चार्जबाट
बृद्धबृद्धाहरू समेत घाइते भएका छन् ।
गम्भिर घाइते भएका रामु पोखरेललाई उपचारका
लागि विपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान लगिएको छ भने अन्य घाइतेहरुको इटहरीकै
सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
झडपपछि अहिले इटहरी बजार पूर्ण रूपमा बन्द भएको छ
भने हिन्दुवादीहरूले इटहरीमा साइकल समेत चल्ने
नदिनेगरी बन्द गरेका छन् ।
0 comments:
Post a Comment