Home » » भतिजालाई विष खुवाउने काकी पक्राउ, कारण जेठाजुसँगको सम्बन्ध

भतिजालाई विष खुवाउने काकी पक्राउ, कारण जेठाजुसँगको सम्बन्ध

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

खोटाङ, १२ साउन । भतिजालाई विष खुवाउने
खोटाङकी एक महिला पक्राउ परेकी छन् । जेठाजुका
चार वर्षीय छोरा युशन भट्टराईलाई विष खुवाउने
दोर्पाचिउरीडाँडा–७ की २२ वर्षीया विमला
भट्टराई पक्राउ परेकी हुन् ।
घरमा जेठाजुसँग विवाद भएपछि सँगै विद्यालय गएका
भतिजालाई मुसा मार्ने विष खुवाउने विमलालाई
सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय
खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज
खरेलले बताउनुभयो । उहाँले भन्नुभयो – “विमलाले
भतिजालाई मार्ने उद्देश्यले मुसा मार्ने विष
खुवाएको बताएकी छिन्, त्यसैले उनलाई ज्यान मार्ने
उद्योगअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही
थालिएको छ ।”
घरमा भएको विवादपछि उनले आइतबार दिउँसो
विद्यालयमै मुसा मार्ने विष खुवाएको अनुसन्धानबाट
खुलेको प्रहरीले जनाएको छ । विष खुवाइएका युशनको
जिल्लामा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत
काठमाडौँ पु¥याइएको छ ।
काठमाडौँको कान्ति बाल अस्पतालमा उपचाररत
उनको अवस्था गम्भीर रहेको बुबा युवराज भट्टराईले
बताउनुभयो । उहाँले भन्नुभयो – “यहाँ नल्याएको भए
त बितिसक्ने रहेछ ! अहिलेसम्म बेहोस अवस्थामा छन्,
डाक्टरहरुलाई सोध्दा खतरामुक्त रहेको जानकारी
दिएका छन् । अहिले आँखासम्म खोल्न थालेको छ ।”
स्थानीयवासीका अनुसार विमला युशन पढ्ने सोही
गाविसको सिर्जनशील बोर्डिङ स्कुलका
शिक्षिका हुन् । उनले खाजा खाइसकेपछि ड्युको
बोतलमा मुसा मार्ने विष घोलेर खान दिएको
अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घरमा बुबासँग भएको अंश विवादपछि बुहारीले यस्तो
व्यवहार गरेको पीडित बालकका बुबा युवराजले
बताउनुभयो । उहाँले भन्नुभयो – “यसअघि बुबाले
हामी छोराहरुको नाममा नभई कान्छी बुहारीको
नाममा जग्गा पास गर्ने तयारी गर्नुभएको रहेछ, त्यो
कुरा मैले थाहा पाएपछि मालपोत कार्यालयमा गएर
रोक्का गरेँ ! त्यसैको झोंकमा बुहारीले मेरो
नाबालक छोरालाई विष खुवाइदिइन् ।”
युशन आफ्नो एकमात्र सन्तान भएको युवराजले
बताउनुभयो । उहाँले भन्नुभयो – “तीनवटी
श्रीमतीको एउटा छोरा, त्यो पनि यस्तो
अवस्थामा हुँदा दुःख लागेर आउँछ ।”
स्थानीयवासीका अनुसार दोर्पाचिउरीडाँडा–७
का रामप्रसाद भट्टराईका छ भाइ छोरा छन् ।
तीमध्ये कान्छा छोरा मोहन भट्टराई र बुहारीसँग
उनी बस्दै आएका छन् । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved