भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मंगलबार, श्रावण १२,
महोत्तरी जिल्लाको प्रकौली गाविसमा आज
अनैतिक क्रियाकलाप गर्दै गरेका एक शिक्षक पक्राउ
परेका छन् ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका– ४ घर भई
प्रकौली– ४ स्थित दामोदर एकेडेमी विद्यालयमा
कार्यरत शिक्षक २१ वर्षीय राकेश साह रहेको
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विद्यालयमा रिसेप्सनिस्टको काम गर्दै आएकी
सिन्धुली जिल्ला कमलामाई नगरपालिका– ४ बस्ने
२० वर्षीया महिलासँग प्रकौली– ४ मा अनैतिक
क्रियाकलाप गर्दै गर्दा साहलाई घर मालिकले
पक्राउ गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।
घरपट्टिले शिक्षक साह र रिसेप्सनिस्ट दुवैलाई
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ
भने जिल्ला प्रहरीले दुवैजनामाथि सार्वजनिक
अपराध मुद्दा चलाएको छ ।
0 comments:
Post a Comment