Home » » वि.सं. २०७२ साल साउन १६ गते। शनिबार । इश्वी सन् २०१५ अगस्ट १ तारिखको राशिफल...

वि.सं. २०७२ साल साउन १६ गते। शनिबार । इश्वी सन् २०१५ अगस्ट १ तारिखको राशिफल...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि.सं. २०७२ साल साउन १६ गते। शनिबार । इश्वी सन् २०१५ अगस्ट १ तारिखको राशिफल...

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusभाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू पनि सजिलै बन्ने देखिन्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसमस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रियजनसँगको भेटघाटले दिन उत्साहपूर्ण रहनेछ। दाम्पत्य जीवन रमाइलो रहनेछ। विशेष उपहारले मन प्रफुिल्लत बन्नेछ। व्यापारमा रामै्र लाभ हुनेछ। यात्रा पनि सम्भावना छ। आम्दानी बढ्नुका साथै विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoव्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoदिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा फाइदा ठिकै हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। आत्मीयजनबाट टाढिनुपर्ला। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदै होला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioउद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमान–सम्मान बढ्नुका साथै बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त लाभ हुनेछ। रोकिएका काम बन्नेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकाममा प्रतिष्ठा मिल्नुका साथै आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग निकटता बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। काममा लगानी बढाउने समय छ। प्रयत्न गर्दा लामो यात्रा हुन सक्छ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका मिल्न सक्छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरखर्च भने बढ्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढाइलेखाइमामा पनि राम्रै प्रगति हुनेछ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप आर्जन गर्न सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दिगो फाइदा हुने काम सुरु हुनेछ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved