भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
थारु संघर्ष समितिले बुझायो प्रधानमन्त्रीलाई
दोस्रो पत्रको जवाफ
काठमाडौं, १४ भदौ । प्रधानमन्त्री सुशील
कोइरालासंग थारु कल्याणकारी सभा र थारुहट/
थारुवान संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले
भेटवार्ता गरेर सरकारले दोस्रो पटक पठाएको
वार्ताको पत्रको जवाफ बुझाएका छन् ।
संघर्ष समितिका प्रवक्ता अमनलाल मोदीको
नेतृत्वमा आज बालुवाटार पुगेको टोलीले
प्रधानमन्त्री कोइरालाद्वारा आइतबार वार्ताको
लागि प्रेषित पत्रको जवाफ पनि बुझाएको हो ।
अनौपचारिक वार्तामा प्रधानमन्त्री कोइरालाले
नेपाली जनताले झण्डै एक शताब्दीदेखि
लोकतान्त्रिक शासन व्यवस्थाका लागि गरेको
आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई संविधानमा
लिपिबद्ध गरेर मुलुकमा शान्ति र सुव्यवस्था कायम
गर्दै विकासको मार्गमा जाने अभियानमा सबै सरिक
हुनुपर्ने बताउनु भयो ।
उहाँले मुलुकमा ठूलो राजनीतिक परिवर्तन संस्थागत
हुन लागेको संवेदनशील समयमा सबैले शान्ति र अमनचयन
कायम गर्न संयमता अपनाउनु पर्ने उल्लेख गर्नु भयो ।
उहाँले कैलालीमा भएको दुःखद् घट्नाको उल्लेख गर्दै
आपसी वार्ता, सहमति, सहकार्य, एकता र
मेलमिलापको माध्यमवाट सबै समस्याको समाधान
गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले देशले यति बेला
शान्ति,एकता ,सद्भाव र सहिष्णुताको अपेक्षा गरेको
बताउनु भयो ।
सो अवसरमा कल्याणकारी सभा र सघर्ष समितिका
प्रतिनिधिहरुले आफूहरु वार्तामा वस्न तयार रहेकोले
प्रशासनले पनि संयमता अपनाउन पर्ने माग गर्नु भएको
थियो ।
0 comments:
Post a Comment